सुनिल चौधरी
झुम्का,श्रावन ७ । बालमैत्रि बातावरणमा पठनपाठनकालागी कक्षाकोठाको भित्तामा शैक्षिक चित्रहरु बनाएका छन् । ईटहरी १५ एकम्बा स्थित सामुदायिक बिध्यालय सम्भुनाथ माबिमा सनराईज स्काईकलवले शिशुकक्षामा बालबालिकालाई मनपर्ने चित्र र अक्षरहरु लेखन गरेको हो ।
सामुदायीक बिध्यलयमा बालबालिकाको अध्यन गर्न निरन्तर आउने वातावरण बनाउन सो चित्र लेखन गरेको लिडर रमिता चौधरीले जानकारी दिईन् । बालबालिका बिध्यालयमा रमाउन सके उनीहरु निरन्तर अध्यनकालागी आउने भएकाले शैक्षिक चित्रहरुद्धारा भित्तालेखन गरेको बताए । भित्तामा बालबालिकालाई मनपर्ने कार्टुन,पढ्ने र लेख्ने अक्षर, ‘क’ देखि ‘ज्ञ’ सम्म त्यसतै अग्रेजी,गणितय् अक्षरहरु लेखेको अर्का लिडर हरी चौधरीले बताए ।
त्यसैगरी वडा नं. १६ मा गाउँघरसफा राख्न फोहोर एकत्रितकालागी रिङ्ग डस्बिन बितरण गरेको छ । अब्यवस्थित फोहोरलाई ब्यवस्थित गर्न क्रिएटिभ स्काईक्लवले सचेतना जगाउदै सार्व जानिक स्थानहरुमा ३२ थान रिङ्ग डस्बिन बितरण गरेको लिडर सुरज थापाले जानकारी दिए । सड्ने र नसड्ने ठोस फोहोरलाई समेत ब्यवस्थित गर्न छुटा छुटै रिङ्ग बितरण गरेको हो । सफागाउँ सुन्दर ठाउँ अभियानकालागी सबैले एकैठाउँमा फोरहोर राख्न थालेपछि यसले आनिबानिमा परिबर्तन हुने बताउदै बालबालिकाले पनि फोहोरबाट बच्न सक्ने अर्का लिडर सबिना कार्कीले जानकारी दिईन् ।
वल्र्ड भिजनको सहयोगमा युथक्रिएशन सुनसरीले गठन गरेको स्काई क्लवले बालबालिका मैत्रिकालागी सरसफाई देखि लिएर बिध्यालयमा शैक्षिक गुणस्तर बृद्धिगर्न कार्यक्रमहरु सञ्चालन गरिरहेको स्काईकोच आरति चौधरीले जानकारी दिईन्् ।