सुनिल चौधरी
झुम्का,श्रावण ६ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत रामधुनी नगरपालीका क्षेत्रभित्र पार्किङ्गको ब्यवस्थापनगरी नमुना सडक बनाउने सहमति जुटेको छ । झुम्का बजारमा प्रभावकारी ट्राफिक ब्यवस्थापन एवं सडक शुसासन कायमगरी नमुना सडक बनाउने योजनाहरुमा स्थानिय तहका सरोकारवालाहरुको आईतवार भएको छलफलमा सहमति जुटेको हो ।

नगरपालीकाको सभाहलमा मेयर,उपमेयर,वडा अध्यक्ष,झुम्का उधोगबाणिज्य संघ, ईलाका प्रहरी पकली र झुम्काका स्थानिय ब्यापारिहरु संगको छलफलमा राजमार्ग छेउको घरटहरा,फुटपाथ पसल र पार्किङ्गको ब्यवस्थापनगरी सफा सुन्दर हाम्रो सहर बनाउन सहमति भएको नगरप्रमुख जयप्रकास चौधरीले बताए ।

नमुना सडककालागी सार्वजानिक सवारी साधन तथा पिकपअकालागी झुम्का पुल पश्चिम सनराईज बैङ्क अगाडी रहेको पश्चिम बस स्टेण्ड पछाडी म्याजिक,टेम्पो स्टेण्ड निर्माण गरिने र झुम्का पुर्व बस स्टेण्ड अगाडी म्याजिक,टेम्पो स्टेण्ड निर्माण गरिने भएको छ । मोटरसाईकलको हकमा म्याजिक सिनेमाहल अगाडी र नगरपालिका कार्यलय अगाडी पार्कीङ्कको ब्यवस्थापन गर्ने निर्णय भएको छ । निजि कारका लागी झुम्का पुल देखि पश्चिम उत्तर साईड सिचाई कार्यालय अगाडी पार्किङ्गकोलागी छन् भने पुल दक्षिण ट्रक पार्किङ्गकोलागी ब्यवस्थापन गरिने सहमतिमा रहेको छ । त्यसैगरी रिक्सा सिटि सफारीको ब्यवस्थापनकालागी मुख्य राजमार्ग बाहेक भित्रि सडकहरुमा मात्र सञ्चालन गर्ने भएको निर्णय भएको छ । सो योजना पुर्व क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयबाट स्थानिय तहलाई परिपत्र आए अनुसार आईतवारबाट कार्यान्बयन गर्नकालागी छलफल भएको वडा नं. ५ का वडा अधयक्ष डेगराज फुयालले बताए ।

दैनिक दुर्घटनाको जोखिमको अवस्थाको न्युनिकरणकालागी नगरपालीका क्षेत्र भित्र राजमार्ग छेउमा रहेको लगुना चोक, झुम्का बजार,तित्रिव चोकलाई ब्यवस्थापनगरीने ईलाका प्रहरी पकलीका प्रहरी निरिक्षक अम्बर बहादुर निरौलाले जानकारी दिए ।
त्यसतै नगरपालीकाको राजमार्ग हुदै पुर्व सिमाना देखि पश्चिम सिमाना सम्म नाला र नाला नभएको ठाउँमा दायाँ वायाँ ७५ फिट क्षेत्र भित्र पर्ने कुनै घर टहरा तथा ब्यापार ब्यवसायहरु हटाउन आईतवार देखि ७ दिनको समय दिएर हटाउन लगाउने निर्ण भएको नगरपालिकाले जनाएको छ ।

निर्णयलाई पहलगर्न नहरपारी नबिन चौधरी र नहरवारी दुर्गा फुयालको संयोजकमा सहजिकरण समिति गठन भएको छ । फलफुल पसल ब्यवस्थापनकालागी झुम्का उधोग बाणिज्य संघको अध्यक्ष धमेन्द्र साहको संयोजक र बजार अनुगमनकालागी उपमेयर सबिना चौधरीको संयोजकमा समिति गठन भएको योजना शाखा प्रमुख हर्षलाल चौधरीले बताए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen