सुनिल चौधरी
झुम्का,श्रावण ६ । ईनरुवा वडा नं. ७ स्थित चाँदवेलामा छुवाछुत र युवामा देखिएको बिकृति लत सम्बन्धि सचेतनाकालागी सडक नाटक देखाएको छ । छोटो र उच्चजाति भनेर भईरहेको छुवाछुत बिरुद्ध तथा युवाहरु लतमा परेर लागुपदार्थ सेवनगरी समाजमा उत्पन्न गराई रहेको बिकृतिलाई न्युनिकरणकालागी ईनरुवाकै ग्रामिण क्षेत्रको रुपमा रहेको चाँदवेलाको शिव चौक र डोराटोलमा सडक नाटकको आयोजना गरेको हो ।

युवा क्षमता अभिबृद्धिकालागी युथ क्रिएशन सुनसरीले वल्र्डभिजनको साझेदारीमा गठनगरीको स्काईक्लवले आयोजना गरेको हो । चाँदवेलाको शिव चौकमा गठित रोयल स्काई कल्वको आयोजनामा युवाहरुले बिध्यार्थि जिवनमा कुलतमा फस्नुको कारण र त्यसबाट ब्यक्तिमाहुने नोक्सान तथा समाजमा उत्पन्न हुने बिकृतिको बारेमा सचेत रहन नाटक मार्फ देखाएको क्लवका लिडर सासवत गौतमले बताएका छन् । गाउँघरमा धेरै युवाहरु यसकिसिमका समस्याबाट ग्रसित भईरहेकाले त्यसबाट बच्ने उपायसहितको नाटक प्रस्तुत गरेको अर्का लिडर समिक्षा चौधरीले बताईन् ।

त्यसैगरी सबैलाई समान ब्यवहार गर्नु पर्ने धारणा राख्दै एभेनजेलिना स्काई क्लव चाँदवेलाले डोरा टोलमा छुवाछुत बिरुद्ध सडक नाटक गरेको लिडर सर्मिला चौधरीले बताए । अन्तरजातिय बिवाह गरेर ल्याएको बुहारीलाई समाजले बहिस्कार गरेर परिवारबाट अलगै रहेर पनि समाजमाकालागी योग्दान गर्न सक्छन् र सो योग्दानको मुल्याङ्क गरेर फेरी समाजले स्विकार गरेको भन्ने नाटकमा बिषय बस्तु राखेर प्रस्तुतगरेको अर्कालिडर अञ्जु चौधरीले जानकारी दिईन् ।

रामधुनी,ईटहरी,गढि र ईनरुवाका बिभिन्न वडामा युवा शसक्तिकरणकालागी स्काई क्लवले वडाकार्यालयको समन्बयमा समाजमा साकारात्मक सोच बिकास गर्दै बिभिन्न समुदायको समस्यालाई पहिचानगरी सचेतना कार्यक्रमहरु सञ्चालन गरिरहेको परियोजना संयोजक जगत कामतले जानकारी दिएको छ ।

  

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen