सुनिल चौधरी
झुम्का,साउन ४ । रामधुनी नगरकार्यपालीकाले रामधुनी वडा नं. २ लाई बालमैत्रि वडा घोषणाको प्रमाण पत्र हस्तान्तरण गरेको छ । सोमवार भएको आ.ब.२०७५÷७६को बजेट निति तथा कार्यक्रम सार्वजानिकीकरणमा कृषि, भुमि तथा सहकारी राज्यमन्त्रि रामकुमारी चौधरीले वडा अध्यक्ष रामनारायण चौधरीलाई घोषणाको प्रमाण पत्र हस्तान्तरण गर्नु भयो । नगर प्रमुख जयप्रकास चौधरीले भने घोषणा प्रमाण पत्रमा उल्लेख गरीएका शब्दहरु वाचन गर्नु भएको थियो ।

बालअधिकार सम्बन्धि र नेपालको संबिधान २०७२ ब्यवस्था भएको बालअधिकारको मर्म र भावना अनुरुप सुचकहरु सो वडामा कार्यान्बयन भएकोले बालमैत्रि वडा घोषणा सम्मपुगेको नगरपालीकाले जनाएको छ । बालमैत्रिकालागी बाल बचाउ,बाल संरक्षण,बालअधिकार,बालबिकास अन्तर्गत ४१ ओटा सुचकहरु पुरा भएको हुनु पर्ने मापडण्डमा रहेको छ । सो वडामा बालमैत्रि घोषणाका सुचकहरु अनुगमन गर्ने क्रम्मा देखिएको कमिकम्जोरी सुधार गरीएको वडा अध्यक्ष चौधरीले बताउनु भयो ।

जिल्ला समन्बय समिति,जिल्लाबाल सञ्जाल,नगरबाल सञ्जाल तथा सरोकारवाला पक्षहरुले संयुक्त रुपमा अनुगमन गर्दा सुधारगर्नु पर्ने पक्षहरु देखिएका थिए । वडामा १ हजार २ सय ९८ घरधुरी,महिला पुरुषगरी कुल ६ हजार ८ सय २६ जन संख्या मध्ये २ हजार ६ सय ६३ बालबालिका छन् ।
नगरलाईनै २०७६ साल सम्म बालमैत्रि नगर घोषणा गर्ने लक्ष्य अनुसार वल्र्डभिजन र युथक्रिएशन सुनसरीको समन्बयमा क्रमिक रुपमा वडा घोषणा गर्दै लाने फोकल ब्यक्ति राजु शाहले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen