सुनिल चौधरी
झुम्का,असार २ । सोमवार रामधुनी नगरपालिकाको बजेट,निति तथा कार्यक्रम सार्वजानिकीकरण चलिरहदा एक महिला रुदै स्टेजमा गईन् । स्टेजमा रुदै गरेकी सो महिला माईकमा केही बोल्न खोजेकी थिईन् । न्यायकोलागी त्यो समय वा कार्यक्रम सान्दर्भिक नभएको कारण त्याहा कुराराख्न पनि सान्दिर्भिक नहुदा त्याहा बोल्न दिएनन् । तर दुई बर्ष देखि पिडित सो महिला न्यायको हार गुहार गर्दापनि अहिले सम्म न्याय पाउन सकेकी छैनन् । त्यसैले होला बाध्य भएर बजेट सार्वजानिकीकरणमै बोल्न खोज्दै थिईन् । रुदै गरेकी महिलालाई सबैले सोधिखोजि गर्न थाले पछि हामि पत्रकार पनि कुराकानि बुझ्दा दुई बर्ष देखि न्याय नपाएकोले नगरसभाबाटै सबैलाई जानकारी गराउन उन्ले त्यसो गरेकी थाहा पाए । उन्लाई कसैले भनेको थियो तिमि आउनु पर्छ, त्याहा बोल्नु पर्छ ,सोमवार नगरपालिकाको सबै जना हुन्छन्, त्याहा आफनो पिडा राख्नु भनेर सोहि अनुसार पिडित महिला आपनो पिडा सुनाउन आएको स्वयम उनी आफैले बताईन् ।
कुरा हो रामधुनी वडा नं. ३ पिप्राहाकी राधा शाहको । शाहले २०७२ सालमा बिहेगरेर शसुराली आउदा सबै ठिक ठाकै थियो तर जब छोरी जनमाईन परिवारमा कलह सुरु भयो । पिडित शाहले आशु झार्दै भनिन् छोरी बच्चा जन्मिएपछि श्रीमान् गोपाल शाहले म माथि नराम्रो ब्यवहार गर्न थाल्यो । श्रीमान्ले नराम्रो ब्यवहार गर्दै १० लाख मागेर ल्याउ अनि मात्रै तिमिलिाई राख्छु भन्दै छोरी ६ महिनाकै हुदा खेरी शाहलाई घरबाट निकाले । पिडीत शाहको अनुसार श्रीमान्ले छोरीलाई मार्न पनि प्रयास गरेको आरोप लगाएकी छन् ।शसुरा ललित शाहले पनि गालि गर्ने लगायतका पिडा सुनाएकी छिन् । श्रीमान् र शसुरा मिलेर छोरी आमालाई नै मार्ने प्रयास गर्न थालेपछि असह्य पिडाले उनी घरबाट दुहबि माईत पुगीन् । माईतमा आर्थिक अवस्था कमजोर रहेकाले धेरै दिन बस्न सकेन र दुहबीमै डेरा बसेर जसो तसो छोरीलाई दुई बर्षकी बनाईन् । दुई बर्ष सम्म न्यायको खोजीमा भौतारिदै अहिले आएर कुरा सार्वजानि भएको छ । शाहकी श्रीमान् अहिले अर्कै श्रीमति ल्याएर बसेका छन् ।
पिडित शाहको अनुसार प्रहरी,प्रशासन,नगरपालिकाको न्यायीक समिति सबै ठाउँ गईसके तर काहिबाट पनि न्याय पाउन सकिन भनेर जवाफ दिईन् । छोरीकोलागी भएपनि न्यायको खोजिमा छिन् पिडित महिला शाह । शाह यति सम्म पिडित बन्न पुगेकी छन् की बिवाह दर्ता समेत नहुदा छोरीलाई जन्म दर्ता गर्न सकेको छैन । स्रोतको भित्रि रहस्य बुझ्दा शाहकी शसुराको राजनितिक पहुच रहेकाले वडा कार्यालयमा भनसुन गर्दापनि केहि नलागेको जानकारीमा आएको छ । उन्को शसुरालाई दवाब पनि दिन नसकेको बुझिन आएको छ । पिडित महिला भने अझै आशामा छिन् क्षतिपुर्ति सहित न्याय पाउनको लागी ।
यसरी पिडा र बेदनाले लतपतिएकी सो महिला छोरीको भबिषयकोलागी भएपनि न्याय दिलाई दिन सबै संघ संगठन लगायत सरोकार वाला पक्षहरुसंग अनुरोध गरेकी छन् ।
(यो सामाचार मिति २०७५ असार ३२ गते सोमवारका दिन पिडित महिला राधा शाहकै कुराकानिको आधारमा लेखिएको हो )
