सुनिल चौधरी
झुम्का,असार ३२ । रामधुनी नगरपालीकाले असल,सफल र सबै भन्दा बढी कर बुझाउने ब्यवसायीलाई सम्मान गरेको छ । नगरपालीकाको आन्तरीक स्रोतमा आर्थिक बृद्धिकालागी अहम भुमिका खेलेको प्रति उच्च मुल्याङ्कनगरी नगरका ब्यवसायी मध्येमै सबै भन्दाबढी कर बुझाउने सफल ब्यवसायी उपहार फिड्स प्रालिका प्रोप्राईटर भरत कार्कीलाई सम्मान गरेको हो ।

आ.ब. २०७५÷७६ को बजेट,निति तथा कार्यक्रम सोमवार गरेको सार्वजानिकीकरणबाट कार्कीलाई कृषि,भुमि तथा सहकारी राज्य मन्त्रि रामकुमारी चौधरीले कदर पत्र दिदै सम्मान गर्नु भयो । आफनो ब्यवसायबाट नगरमा अर्थिक बिकास,रोजगारीको सिर्जना तथा कृषकलाई समेत प्रोत्साहन गरीरहेकोले कार्कीलाई राज्य मन्त्रि चौधरीले ब्यवसाय सफलताको शुभकामना दिनु भयो ।

ब्यवसायी कार्कीले रामधुनी अन्तर्गत महिमा डिपार्टमेन्ट स्टोर,कोशि फिड्स प्रालि,उत्तम पोल्ट्रि फर्म,सुनसरी एग्रोफर्म सञ्चालन गर्दै आएको छ । रामधुनी वडा नं. ३ स्थित महिमा डिपार्ट मेन्टस्टोर सञ्चालन गरी बजार बिस्तारको समेत भुमिका खेलेका छन् । त्यसैगरी रामधुनी वडा नं. २ र ५ मा कोशि र उपहार फिड्स प्रालि सञ्चालनगरी गुणस्तरीय मासदाना उत्पादन गर्दै आएको छ । कोशि फिड्स प्रालिबाट सम्मुनत ब्राण्डका मासदाना उत्पादन गरिरहेको छ । सो दानामा कुखुरा,लेयर्स, लेयर्सका प्यारेन्ट,दुधालु गाई भैसि,माछा,बंगर,पशु पञ्छिकोलागी पौष्टिक दाना उत्पादन गरीरहेको छ । बिशेष यसकम्पनिले उत्पादन गरेको दानामा आवश्यक पौष्टि, भ्याक्सिनद्धारा लगाईने भिटामिनको मात्रा दानामै मिश्रणगरी उत्पादन गरेको यो दाना पशुपालकालागी निकै फाईदाकारी हुनेगरेको छ ।

कार्की जति आफनो ब्यवसायमा लगनशिल्ता रहेको छ । त्यतिनै अरु संगको ब्यवहारमा पनि मिलनसार हुनुहुन्छ । सरल र सोझो सबै संग मिलनसारको भवना राख्ने कार्की यो सम्मान संगै रामधुनीमा सफल ब्यवसायीको रुपमा परिचय बनाउन सफल भएको छ । उहाँ झुम्का उधोग बाणिज्य संघको उधोग सचिव पनि हुन् ।

Image may contain: 5 people, including Bharat Karki, people smiling, people standing
Image may contain: 4 people, including Bharat Karki, people standing and child
Image may contain: 4 people, people standing and child

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen