सुनिल चौधरी
झुम्का,असार १ । रामधुनी नगरपालिकाले अगामि आर्थिक बर्ष ०७५÷०७६ कोलागी बजेट,निति तथा कार्यक्रम सार्वजानिक गरेको छ । कृषि,भुमि तथा सहकारी ब्यवस्था राज्यमन्त्रि रामकुमारी चौधरीको प्रमुख आतिथ्यतामा ५७ करोड १ लाख ६६ हजारको बजेट सार्वजानिकीकरण गरेको हो । तेस्रो नगरसभाबाट परित गरिएको बजेट, निति तथा कार्यक्रम नगर उपप्रमुख सबिना चौधरीले अनुमानित आय र ब्यय सहितको कार्यक्रम सार्वजानिक गर्नु भयो ।
कार्यक्रमलाई सम्बोधनगर्दै राज्यमन्त्रि रामकुमारी चौधरीले नयाँ नेपाल र समृद्ध नेपालकालागी कृषि बिकासबाट सम्भव हुन सक्ने बताउनु भयो । कृषिमा उत्पादन अभियान ल्याउनु पर्ने आवश्यक्ता औल्याउनु भयो । यो अभियानले उत्पादनमा बृद्धिगरी अयाता निर्यात गर्न सके नेपालिहरु सुुखि र खुशि रहने बताउनु भयो । यसकालागी किसान,जमिन,बर्गिकरण गर्ने सरकारले निति ल्याई सकेको राज्य मन्त्रि चौधरीले बताउनु भयो । सरकारले सुनसरीमा उतपादन अभियानकालागी तिनओटा माछा जोन,धान जोन र अदुवा बेसार जोन कार्यक्रम ल्याएको बताउनु भयो । यसैगरी गृहनगर आफनो रामधुनी नगर भएकाले यहापनि बिशेष प्राथमिक्ताका साथ केन्द्रिय सरकारबाट माछा,तरकारी,च्याउ,धान पकेट कार्यक्रम यसै आर्थिक बर्षबाट लागुहुनेगरी ल्याएको बताउनु भयो ।
बजेट तथा नितिमा नगरपालिकाको मुख्य कार्यालय भवन निर्माणलाई उच्च प्राथमिक्तामा राखिएको छ । नगरलाई उज्यालो नगरको रुपमा विकास गरिनेछ साथै हरियाली शहरको रुपमा विकास गरिने, प्रमुख प्रशासकिय अधिकृत ओमकार प्रसाद न्यौपालेले बताए । अधिकृत न्यौपालेका अनुसार शहरि विकास मार्फत बक्लौरी, कुमरखत, पंचायन, सिंगिया, लालपुर, शिवनगर, कुम्याही र डुम्राहालाई सटेलाईट शहरको रुपमम विकास गर्ने नीति लिएको बताए । त्यसैगरी रामधुनी नगरपालिका वडा नं. ९ स्थित रहेको धुरहा खेलमैदानलाई स्तारोन्नती गरि नगर स्तरिय स्डुडियमको रुपमा विकास गर्न प्राथमिक्तामा राखि अगाडि बढाउने नीति लिएको बताए ।
दिगो विकास लक्षका मूख्य विषय बस्तुमा गरिवी दरलाई झार्ने, यूवाहरूलाई रोजगारी सृजना, ब्यवसायिक तथा प्राविधिक काममा महिलाको सहभागितामा बृद्धि,पाइपलाईन बाट खानेपानी वितरण बढाउने,विद्युत पहु‘चलाई बृद्धि,यूवा बेरोजगार दर घटाउने,कार्वन उत्सर्जन तह सिमिति गर्ने, जोखिमपूर्ण अवस्थामा काम गरिरहेका बालबालिकाको दर शुन्यमा पु¥याउने दिगो विकास लक्षमा राखिने योजना शाखा प्रमुख हर्षलाल चौधरीले बताए ।
नगर उपप्रमुख चौधरीले गरेको प्रस्तुत बजेटमा चालु खर्च तर्फ ७ करोड २१ लख ६३ हजार,चालु खर्च शसर्त तर्फ १३ करोड ९४ लाख,सामाजिक सुरक्षा खर्च ८ करोड,पुँजिगत खर्च २७ करोड ८६ लाख ३ हजार,पुर्वाधार बिकासमा १८ करोड २३ लाख,पुँजिगत तर्फको सामाजिक बिकासमा ३ करोड ४० लाख,आर्थिक बिकासमा २ करोड १० लाख,वन,वातावरण, तथा बिपद ब्यवस्थापनमा ६६ लाख ५० हजार,संस्थागत बिकासमा ४८ लाख लगायत अन्य भैपरि आउने बिकासकालागी २ करोड ९८ लाख ५३ हजार बिनियोजन भएको छ ।
नगर प्रमुख जयप्रकाश चौधरीको सभापत्विमा भएको सो कार्यक्रममा नगरपालिकामा असल र सबैभन्दा बढि कर बुझाउने ब्यवसायी उपहार फिड्स प्रालिका प्रोप्राईटर भरत कार्कीलाई सम्मान गरेको छ । बढि कर तिर्नेमा सुनसरी पोल्टी र्फमका चन्द्र बहादुर गुरुङ्गलाई समेत समान गरेको छ । नगरपालिकाका उत्कृष्ट कर्मचारी परहेज चौधरी र ईश्वरा घिमिरेलाई नगद पाँच हजार नगद सहित सम्मान गरेको छ । त्यसैगरी जग्गादाता,उत्कृष्ट उपभोक्ता,सात दिन भित्र जन्म दर्ता गराएका अभिभावकलाई नगद सहित सम्मान गरेको हो ।


