सुनिल चौधरी
झुम्का,साउन १ । नेपाललाई आत्मनिर्भर बनाउन उत्पादनलाई अभियानमुखि बनाउनु पर्ने कृषि,भुमि तथा सहकारी राज्यमन्त्रि रामकुमारी चौधरीले बताउनु भयो । रामधुनि नगरपालीकाको आ.ब. २०७५÷७६को बजेट निति तथा कार्यक्रम सार्वजानिकीकरणमा सम्बोधनगर्दै राज्य मन्त्रि चौधरीले कृषि क्षेत्रलाई जोड दिदै १० बर्षे प्रधान मन्त्रि कृषि अधुनिकीकरण परियोजनाबाट उत्पादनलाई अभियानमुखि बनाएर आयात निर्यात गर्नसके शान्त र समृद्ध नयाँ नेपाल नेपालीले पाउने बताउनु भएको हो ।

नेपालमा कृषि उत्पादन मुख्य रहेकोले यसलाई अभियान बनाउन अहिलेको समय सापेक्ष अनुसार कृषिमा आधुनिकीकरणगरीको आवश्यक्ताको रहेको भन्दै परम्पराखेती प्रणालीलाई अन्तयगरिनु पर्ने आवश्यक्ता औल्याउनु भयो । कृषिमा यान्त्रिकिकरणगरी उत्पादन बृद्धि अभियान जुटाउन १० बर्षे प्रधानमन्त्रि कृषि अधुनिकीकरण परियोजना सरकारको तर्फबाट सञ्चालनमा ल्याईसकेको जानकारी दिनु भयो ।

अभियान सफलगर्नकालागी किसान र जमिनको स्तरउन्नती ,बर्गीकरणकालागी मन्त्रायलले अगाडी सारिसकेको राज्य मन्त्रि चौधरीले बताउनु भयो । जमिन खण्डिकरणको बेथिति रोक्न भु–नितिको आवश्क्ताको मध्यनजर गर्दै सो निति ल्याउन मन्त्रालयबाट पहल भईरहेको जानकारी दिनु भयो । नितिमा निश्चित घडेरी जमिन,कृषि योग्य जमिन,सहरी जमिन,औधोगीक जमिन छुट्याएर किसानलाई लालपुर्जा बितरण गर्ने निति ल्याउने बताउनु भयो ।

किसानलाई सुकुम्बासि,गरिब,मध्यम र धनि किसान गरेर बर्गिकरणगरी सोहि अनुसारको कार्यक्रम अगाडी मन्त्रालयले यसै आर्थिक बर्षबाट लागु गर्ने जानकारी दिनु भयोे । यसरी जमिन र किसानलाई बर्गीकरणपछि प्रधानमन्त्रि कृषि अधुनिकीकरण परियोजनाबाट जोन,सुपरजोन,पकेट र ब्लक कार्यक्रममार्फत योजना सञ्चालन गरिने बताउनु भयो । पकेट र बल्क गाउँपालिका र नगरपालिकामा रहने र जोन र सुपर जोन केन्द्रियको मातहतमा राखेर सिधै जनताको घरमा ल्याउने तयारीमा रहेको बताउनु भयो ।

Image may contain: 5 people

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen