सुनिल चौधरी
झुम्का,असार ३१ । रामधुनी नगरपालिकाले अगामि आर्थिक बर्ष ०७५÷०७६कोलागी बजेट,निति तथा कार्यक्रम सार्वजानिकीकरण भोली सोमवार गर्ने भएको छ । कृषि,भुमि तथा सहकारी ब्यवस्था राज्यमन्त्रि रामकुमारी चौधरीको प्रमुख आतिथ्यतामा सार्वजानिकीकरण गरिने प्रमुख प्रशासकिय अधिकृत ओमकार प्रसाद न्यौपानेले जानकारी दिनु भएको छ ।
तेस्रो नगरसभाबाट परित गरिएको बजेट निति तथा कार्यक्रम २०७५ असार ३२ गते सोमवार सार्वजानिक गर्न लागीएको हो । बजेटमा लगभग अनुमानित ५७ करोडको बजेट सार्वजानिक गर्ने अधिकृत न्यौपानेले जानकारी दिनु भयो । बजेट,निति तथा कार्यक्रम नगर उपप्रमुख सबिना चौधरीले प्रस्तुत गरिने नगरपालिकाले जनाएको छ ।
आवधिक नगर विकास योजनाले लक्ष्य गरेको आर्थिक, सामाजिक, साँकृतिक तथा भौतिक विकासका लागि दीर्घकालीन सोचले निर्धारण गरेका लक्ष्य र उद्देश्यहरू प्राप्त गर्न यो वार्षिक योजना तर्जुमाले सहयोग गर्ने उधेश्य रहने जानकारी दिएको छ ।
सो सार्वजानिकि करण कार्यक्रम रामधुनी वडा नं. ५ स्थित कल्प बृक्ष पार्टि प्यालेसमा सम्पन्न हुने छ । कार्यक्रम बिहान ११ बजेबाट सुरु हुने नगरपालिकाले जनाएको छ ।
कार्यक्रम र नितिमा समावेस गरिने………
कार्यक्रम र नितिमा “व्यवशायिक कृषि र उधम सहितको पर्यटकिय शहर,स्वस्थ, शुुसस्कृत र प्रविधिमा आधारित समृद्ध रामधुनी नगरकोलागी यसबर्ष पनि दुरदृष्टिगत रुपमा राखिएको छ । आगामि ५ बर्ष भित्र दिगो शहरी विकासका लागि आवश्यक आर्थिक, सामाजिक, भौतिक, सास्कृतिक तथा प्रशासनिक पूर्वाधार हरूको जग स्थापित भई आगामि २५ बर्ष भित्र सुनसरी जिल्लाको एक सुविधा सम्पन्न समृद्ध नगरको रुपमा विकसित भएको हुनेछ रहने बताएको छ ।
दिगो विकास लक्षका मूख्य विषय बस्तुमा गरिवी दरलाई झार्ने, यूवाहरूलाई रोजगारी सृजना, ब्यवसायिक तथा प्राविधिक काममा महिलाको सहभागितामा बृद्धि,पाइपलाईन बाट खानेपानी वितरण बढाउने,विद्युत पहु‘चलाई बृद्धि,यूवा बेरोजगार दर घटाउने,कार्वन उत्सर्जन तह सिमिति गर्ने, जोखिमपूर्ण अवस्थामा काम गरिरहेका बालबालिकाको दर शुन्यमा पु¥याउने दिगो विकास लक्षमा राखिने नगर स्रोतले जानकारी दिएको छ ।
वडा नं. ५ ले वडा कार्यालयको भवन निर्माण प्राथमिक्ता………
आब ०७५–७६ बर्षमा वडा नं. ५ ले वडा कार्यालयको भवन निर्माण प्राथमिक्ता दिने वडा अध्यक्ष डेगराज फुयालले बताए । दाताद्धारा प्राप्त दुई कठा जग्गामा वडाकार्यालय भवनकालागी ४० लाख बजे बिनियोजन गरेको छ । भवन निर्माणले कार्य सम्पादनमा सहज हुने वडा अध्यक्ष फुयालले बताउनु भयो ।
त्यसैगरी बालमैत्रि र पुर्ण सरसफाई वडा घोषणमा जोडदिने बताएको छ । पुर्ण सरसफाई वडाकालागी नगरकै पहिलो वडा घोषणा गर्ने योजनामा रहेको समेत जानकारी दिएका छन् । महिलामा दक्षता अभिबृद्धिकालागी अगामि आर्थिक बर्षमा बजेट बृद्धिगरीएको बताएको छ । चालु आर्थिक बर्ष भन्दा एकलाख बढाएर आगामि बर्षमा अढाईलाख बिनियाजन गरेको जानकारी दिएको हो । वडा नं. ५ ले बिकास तथा छुट्याएको योजना चालु आर्थिक बर्षमा समयमै सम्पन्न गरी सार्वजानिक समेत गरीएको थियो । वडा वासीहरुलाई भेला सार्वजानिक सुनुवाई मार्फत सुझाव र आगामि बर्षकालागी योजना संलन समेत गरेका थिए ।
त्यसैगरी नियम पुर्वक अग्रीम सुचना सहित टोलटोलमा गएर टोलवासिबाट योजना संलन गरेको थियो । वडाकार्यलयले गरेको सुनुवाई कार्यक्रममा सो वडाको कार्यक्रम मुल्याङ्कन गर्दै नगरप्रमुख जय प्रकाश चौधरीले नगरको वडा मध्ये उत्कृष्ट वडा समेत भन्नु भएको थियो । त्यसैगरी प्रमुख प्रशासकिय ओमकार न्यौपानेले वडा नं. ५ ले कार्यक्रम सार्वजानिकीकरण, सुचना प्रवाह,समयमै कार्यसम्पादन,लगायतका वडाबाट सञ्चालीत कार्यक्रमहरुको सम्पन्न गरे संगै वडाले नितिसंगत अनुसार कामगरेकोले प्रसंसा गर्दै धन्यवाद ज्ञापन समेत गर्नु भएको थियो ।