सुनिल चौधरी
झुम्का,आसर ३१ । थारु समुदायमा शिक्षाको चेतना खुले संगै थारुयुवा युवक्तिहरु उच्च अध्यन गरेका र गर्दै गरेका धेरै छन् । बिड्म्बना उनीहरु आफनो क्षमता र दक्षताको कदर र पहिचान गराउने प्लेटफर्मको अभावले तुलनात्मक रुपमा प्रतिष्पर्धामा आउन नसक्ने र निरास भएर उनीहरुभित्रै हराएर जाने भएकाले सो को मध्यनजर गर्दै प्रदेश नं. १ मा प्रदेश स्तरीय मिस्टर एण्ड मिसथारुको आयोजना गर्न लागेका छ ।

उत्साहयुक्त र जागरुक तथा जुझारु युवाहरुको पहलमा दर्ता गराएको थारु कलाकेन्द्र मोरंगले सम्भवत यहि श्रावन देखि अडिसन सहित कार्यक्रम सुरुगर्ने जानकारी दिएको छ । सनिवार फर्वाड संस्था दुहबीको सभाहलमा सो कलाकेन्द्रले थारु युवा प्रतिनिधिहरुलाई डाकेर अन्तकृया गरेका छन् । अन्तकृयामा उपस्थित थारु युवा अगुवाहरुले कार्यक्रमकोबारेमा सराहना ब्यक्त गरेका छन् । कार्यक्रममा आ–आफनो धारणा राख्दै प्रतिष्पर्धात्मक युगमा मिस्टर एण्ड मिसथारु थारुयुवा युवक्तिहरुकोलागी धेरैनै आवश्यक्ताको बिषय रहेको बताएका छन् । पौराणिक थारु संस्कृति र संस्कारलाई संरक्षण सहितको यो प्रतियोगीताको आयोजना हुनु पर्ने अन्तकृयामा सहभागीहरुले सुझाव दिएका छन् । थारुभाषा,भेष,कलालाई आधार बनाएर सञ्चालन हुनुपर्ने समेत सुझाव दिएका छन् ।

थारु युवायुवक्तिहरु यस प्रतियोगीतामा सहभागी भएर आफनो प्रतिभालाई प्रष्फुटन गर्ने ठुलो अवसरका साथै आफुलाई प्रतिभामा निखारिने र समाजमा योगदानकालागी यो प्रतियोगीता रहेकोले प्रतिष्पर्धामा आउन र सहभागी भई कार्यक्रम सफलबनाउन उपस्थित थारु अगुवाहरुले बताएका छन् ।

कार्यक्रमको उधेश्य अनुरुप प्रदेश १ बाट बिराटनगर,दुहबी,नेता चौक,ईटहरी,झुम्का लगायतका ठाउँहरुमा अडिसनगरी २५ जना महिला र २५ जना पुरुषलाई छानौटगरीने आयोजकले बताए । छनौट भएकाहरुलाई मिस नेपाल,मिस्टर नेपाल लगायत राष्ट्रिय कलाकारहरुबाट तालिम गराईने प्रतियोगीतामा समावेस गराईने बताएको छ । अन्तिम फस्ट रनरअप र सेकेन्ड रनरअप गरी बिजेता बनाउने बताउदै बिजेताहरुलाई नगद पुरस्कार सहित म्युजिक भिडियोहरु अवसर दिने जनाएको छ । सहभागीहरुको उमेर हद पुनः छलफलगरी सबैको सहमति अनुसार निर्धारण गरिने बताएको छ ।

प्रतियोगीता कार्यक्रम उत्साह पुर्ण रुपमा सफलताकालागी थारु संघ संगठनबाट सहयोगकालागी आयोजकले अनुरोध गरेको छ । त्यस्तै सो प्रतियोगीमा बिज्ञापनद्धारा आफनो उत्पादक बस्तुलाई प्रचार प्रसारगर्न ईच्छुकले प्रायोजक,सह आयोजकमा सहकार्य गर्नकालागी कला केन्द्रका अध्यक्ष तथा चर्चित थारु गायक जय कृष्ण बिश्वासले अनुरोध गरेका छन् ।

सो थारु कला केन्द्रमा केन्द्रिय स्तरमा भएको मिस्टर एण्ड मिसथारुमा पुर्वबाट सहभागी भएर आफनो स्थान बनाउन सफल मनिता चौधरी उपाध्यक्षमा रहेकी छिन् । त्यसैगरी रेडियोकर्मि लिलानाथ गच्छदार,मैथिलि गित गाएर ईमेज अवार्डमा अवार्ड पाएका प्रवलदिप बिश्वास कोषाध्यक्षमा रहेका छन् ।

No automatic alt text available.
Image may contain: 4 people, people sitting and indoor
Image may contain: 3 people, people sitting and indoor
LikeShow more reactions

Comment

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen