झुम्का
असार ३० । झुम्कामा गएराति अज्ञात समुहको धारिलो हतियार प्रहारले दुईजना गम्भिर घाईते एकजनाको चिन्ता जनक अवस्था रहेको छ । रामधुनी वडा नं. १ झुम्काकी स्थानियवासी लक्ष्मी चौधरी गए राति अज्ञात समुहको हतियार प्रहारले गम्भिर घाईते भएकी छन् ।
कमल देबि थरुनीकी १९ बर्षिय छोरी चौधरी राति घरमा सुतिरहेको अवस्थामा पाँच जनाको समुहमा आएका हतियार धारिहरुले दाउ(कात्ति)ले प्रहार गरेर घाईते बनाएका हुन् । चौधरीको हात,खुट्टा,टाउँकोमा काटिएको छ भने अर्का ब्यक्ति पाहुना आएका २६ बर्षिय आदित्य भन्ने (माधव चौधरी)लाईपनि धारिलो हतियार प्रहारले गम्भिर धाईते बनाएको छ । धाईते दुवैलाई धरान स्थित बिपि प्रतिष्ठानमा उपचार भईरहेको ईलाका प्रहरी चौकी पकलीका प्रहरी निरिक्षक अम्बर निरौलाले बताउनु भयो । प्रहरी निरिक्षक निरौलाका अनुसार काटेको ठाउँबाट रगत धेरै गएकोेले माधव चौधरीको अवस्था चिन्ता जनक रहेको बताएको छ भने लक्ष्मीे बोल्न सक्ने अवस्थामा रहेको जानकारी दिनु भयो ।
हतियार धारिहरुको पहिचान भने खुल्न नसकेको प्रहरीले बताएको । धाईतेहरुको उपचार पछि सोधिखोजि गर्न सकिने बताएको छ । सो आधारमा पक्राउ गर्न सकिने बताए । अहिले पनि खोजिकार्य तिब्र बनाएको ईलाका प्हरी पकलीले जनाएको छ ।
घटना गए राति करिब १ः०० बजे भएको स्थानियहरुले बताएका छन् । दुईतल्ले पक्की भएको भवनमा अगाडिको केहि भाग घर भत्तकिएको स्थानबाट हतियारधारि चढेर आएको अनुमान गरीएको छ । परिवार जनका अनुसार घरको प्यासेज सबै बन्द रहेको थियो । भत्तकिएको स्थानबाट चढ्न सजिलो भएकोले त्याहाबाट चढेर कोठाको ढोका खोल्न लगाए । आफन्त हो भनेर ढोका खोल्दा एकासि हतियार प्रहार गर्न थालेको बताए । पछि हल्ला हुदा घरको अगाडिको भागमा टिनको छानोमा हाम फालेर हतियारधारि भागेको बताए । भाग्ने अवस्थामा टिनको छानोमा हामफल्दा ठुलो आवाज आएको अस्थायी झुम्का प्रहरी बिटका प्रहरीहरुले बताए । सो अवाज केको हो भनेर बुझ्न आउदा घटना भएको जानकारी भएको बताए । घटना पछि घाईते दुवैजना रगतले लतपतिएको अवस्थामा पाएको प्रहरी बताए । दुवैजनालाई तत्कालै उपचारकालागी रातिनै धरान बिपि प्रतिष्ठान पुर्याएको बताए ।
(यस घटनाको तथ्यहरु आउन बाँकि रहेकाले रेडियो रामधुनी ९१.९ मेगाहर्जको अनलाईन तथा फेसबुक पेजमा केहिछन् पछि बिस्तृत जानकारी सहित सामाचार प्रकासशन गर्ने छौँ)