सुनिल चौधरी
झुम्का,असार २७ । बालबिवाह र बालश्रम सम्बन्धि झुम्कामा बाल भेलागरी उनीहरुलाई सचेत गराएको छ । वल्र्डभिजनको सहयोग र युथक्रिएशन सुनसरीको आयोजनामा बालकल्वका बालबालिकालाई सो सम्बन्धि न्युनिकरणकालागी कानुनि प्रकृया लगायतका बिषयमा सचेतना अभिमुखिकरण दिएकोे छ ।
बाल भेलाबाट बालबिवाह भईरहेको अवस्थामा त्यसलाई रोक्नकालागी अपनाउनु पर्ने प्रकृया,कानुनि प्रावधान तथा त्यसको कारणहरुबारे बालबालिकालाई जानकारी गराएका छन् । त्यसैगरी बालश्रमको बारेमा परिचय गराउदै यसका कारण र न्युनिकरणकालागी उपायहरुको बारेमा जानकारी दिएका हुन् ।समाजले स्विकार गरेको अपराध बालश्रम रहेको सहजकर्ता स्वस्तिका पोख्रेलले बताईन् । होटलहरुमा बालबालिकाले भाडा माझिरहेको अवस्थामा सबैले हेरिरहेको हुन्छ तर त्यसलाई कसैले कार्वाहिकोलागी अग्रसर हुदैन त्यसकारण बालश्रम समाजले स्विकार गरेको अपराध रहेको भन्दै अबका दिनमा यसलाई न्युनिकरण बालबालिकालेनै गर्न सक्ने पोख्रेलले बताईन् । जहा बालश्रम भईरहेको छ भने सम्बन्धि ठाउँमा खवर गरेरपनि न्युनिकरण गर्न सक्ने बताईन् । यसकालागी टोल फ्रि नं. १६६००१०००१४ र एनसेल हटलाईन ९८१२३९६४१० मा फोन गरेर जानकारी दिनुपर्ने पोख्रेलले बताईन् ।
अभिमुखिकरण ईटहरी वडा नं. १७ र १८ सहित रामधुनी वडा नं. १ र २ का बालक्लवका ४५ जना बालबालिकालाई झुम्का स्थित जेष्ठनागरीक हलमा अभिमुखिकरण कार्यक्रमगरी सचेतना गराएको युथक्रिएशन सुनसरीका फोकल पर्शन राजु शाहले बताए । कार्यक्रम वडा नं. १ का वडा अध्यक्ष महेश चौधरीको सभापतित्वमा बुधबार समापन गरेको हो ।
अभिमुखिकरण कार्यक्रमलाई समापन गर्दै वडा अध्यक्ष चौधरीले यस किसिमका कार्यक्रमले बालबालिकामा हुने हिंसा जन्य अपराधका घटना कमहुने बिश्वास ब्यक्त गरे । बालबालिकाको भबिषय शुनिश्चितगर्न रामधुनी नगरलाईनै बालमैत्रि नगर घोषणा गर्ने योजना अगाडि बढिसकेकाले यसमा सबैको साथ र सहयोग हुनुपर्ने समेत वडा अध्यक्ष चौधरीले बताए । नगरपालिकाले अहिले वडा नं. २ लाई बालमैत्रि वडा घोषणकालागी तयारीको प्रकृयामा रहेको छ । क्रमिक रुपमा वडा घोषणा गर्दै नगरलाईनै बालमैत्रि बनाउने योजना रहेको नगरपालिकाले जनाएको छ ।सो समापन कार्यक्रममा वडा सदस्य देवराज पोख्रेल,पार्वती सरदार,वडा सचिव अभिनारायण भटराईको उपस्थिती रहेको थियो ।
