सुनिल चौधरी
झुम्का,असार २६ । जिल्ला समन्बय समिति सुनसरीले केहि सुधारगर्नु पर्ने देखिएको भन्दै रामधुनी वडा नं. २ लाई बालमैत्रि वडा घोषणा असारमा गर्न नसकिने जनाएको छ ।
बालमैत्रि स्थानिय शासन वडा समितिको आयोजनामा मंगलवार अनुगमन गर्ने क्रम्मा औधोगीक क्षेत्रमा बालश्रम,बालबिकास केन्द्रको सुधार,बिध्यालयको शौचालयमा नियमित सरसफाई नभएको देखिएपछि जिससकी उपप्रमुख कृष्ण कुमारी बि.क.घोषणा गर्न नसकिने बताईन् । नगरकै पहिलो बालमैत्रि वडा घोषणाकालगी सो वडाले तयारी गरेको थियो ।
अनुगमनपछि वडाकार्यालयमा भएको छलफलमा तित्रिवन स्थित रहेको प्लाई उत्पादन कम्पनि एभरेष्ट भेनियम प्रा.लि.मा बालश्रमिक पाएको थियो । भारतिय बालबालिकालाई प्लाई ओसार्ने घाममा सुकाउने कार्यमा लगाउ गरेको पाएको हो । तिन दिन भित्रमा बालश्रमलाई हटाउन कम्पनि प्रसाशन फाटमा अल्टिमेटम दिदै अगामिदिनमा फेरीपनि यसरी पाइए कार्वाहि गरीने बताएका थिए । सो प्लाई उत्पादन कम्पनिमा दुई सय कामदार मध्ये १० जना सम्म १३ बर्षदेखि १५ बर्ष उमेरका बालबालिका कार्यरत रहेको छ । कम्पनिका उत्पादक प्रबन्धक नगेन्द्र ठाकुरले अब उपरान्त बालबालिकालाई काममा नलगाउने प्रतिबद्धता जनाएकापछि कर्ताले तिनदिन भित्र हटाउनु पर्ने बताएका थिए ।
अनुगमन गर्ने क्रम्मा शिवसंकर बालबिकास केन्द्रमा अध्यारो कोठा र गर्मी भएकाले सुधारगर्नु पर्ने अवस्था त्यसैगरी सिवनगर माध्यमिक बिध्यालयमा सौचालय नियमित सरसफाई नभएको पाएपछि अझै सुधार गर्न बाँकि रहेको भन्दै उपप्रमुख बि.क.ले सम्भवत साउन सम्ममा गर्न सकिने सुझाव दिईन् ।
रामधुनी नगरपालिकाले २०७६ साल भित्र नगरलाई बालमैत्रि घोषणा लिने लक्ष्य लिएको छ । सो लक्षय अनुसार यहि असार मसान्त सम्ममा एउटा वडा भएपनि घोषणा गर्न वडा नं. २ ले तयारी थालिएको थियो । २०६८ साल भासिगाबिस हुदा देखिनै बिभिन्न चरणबाट नगरपालिकाहुदा सम्म सो वडामा प्रमुख कार्यहरुमा तयारी पुगीसकेको योजना प्रमुख हर्षलाल चौधरीले छलफलमा बताएका थिए । बालमैत्रिकालागी बाल बचाउ,बाल संरक्षण,बालअधिकार,बालबिकास अन्तर्गत ४१ ओटा सुचकहरु पुरा भएको हुनु पर्ने हुन्छ ।
सो वडामा १ हजार २ सय ९८ घरधुरी,महिला पुरुषगरी कुल ६ हजार ८ सय २६ जन संख्या मध्ये २ हजार ६ सय ६३ बालबालिका छन् । बालबालिकालाई सुचक अनुसार चाहिने आवश्यक्ता सबै पुरा भईरहेको तथ्याङ्क वडा संयोजक रामकुमार मोचिले प्रस्तुत गरेका थिए ।
छलफलगर्ने क्रम्मा बालमैत्रि वडा घोषणा हुनेअवस्था नरहेको उपप्रमुख बि.क.को जवाफमा वडा अध्यक्ष रामनारायण चौधरीले आपति जनाएका थिए । सुचक अनुसार वडामा प्रमुख कार्यहरु भै सकेको दाबि गर्दै केहि छिटपुट मात्र बाँकी रहदा यसलाई तत्कालै सुधार गर्न मिल्ने भन्दै घोषणा गर्नै नसक्ने भन्नु निरुत्साहित तुल्याएको बताए । कमि कम्जोरी छन् भने त्यसलाई निराकरणकालागी जिल्ला समन्बय समितिबाट पनि सहयोग गरेर घोषणा गर्न मिल्ने वातावरण मिलाइ दिनु पर्नेमा ठाडो रुपमा घोषण गर्नै नमिल्लने भन्नु जिल्लाको भुमिका प्रति वडा अध्यक्ष चौधरीले प्रश्न गरेका थिए ।
घोषणाकालागी सर्वपक्षिय अनुगमनमा जिसस सुनसरीबाट उपप्रमुख बि.कको नेतृत्वमा चिरञ्जिवि बस्नेत,अहिलया देबि मेहता,ललित हरिजन त्यसैगरी रामधुनीका नगरप्रमुख, उपप्रमुख,प्रमुख प्रशासकिय अधिकृत,जिल्ला बाल सञ्जाल,नगरबाल सञ्जाल,वडाबाल सञ्जाल,वडा सदस्यहरु,पत्रकार,सरोकारवाला संस्थाहरुको संयुक्त टोलिले अनुगमन गरेका थिए ।
