सुनिल चौधरी
झुम्का,असार २३ । रामधुनी नगरपालीका २०७० सालमा खुल्लादिसा मुक्त क्षेत्र घोषणा भै सकेपछि तत्पश्चात पुर्ण सरसफाई मैत्रि नगर बनाउन बिभिन्न योजना तथा निर्दैशिकाहरु ल्याउदै टोलबिकासहरुलाई क्रमिकरुपमा घोषणा गर्दै लगिएको छ । सरसफाईमा दलित बस्ति धेरै पछाडि परेको अवस्थामा नगरपालिकाले बिभिन्न चरणको कार्यक्रमबाट जनचेतना दिदै पुर्ण सरसफाई उन्मुखकालागी क्रियाकलाप अगाडी बढाई रहदा सनिवार रामधुनी वडा नं. २ स्थित दलितटोललाई पुर्ण सरसफाई टोल घोषणा गरेको छ ।
मोची समुदायको शतप्रतिसत बसोबास भएको सो दलितटोल शिवसंकर टोलबिकासलाई एक कार्यक्रमकाबिच नगर उपप्रमुख सबिना चौधरीले सनिवार पुर्णसरसफाई उन्मुखटोल घोषणा गर्नु भयो । सोहि कार्यक्रमबाट संगै रहेको करमैनियाटोल बिकासलाई पनि पुर्णसरसफाई उन्मुखटोल घोषणा गर्दै सो वडालाई नगरकै पहिलो बालमैत्रि वडा घोषणकोलागी समेत कृयाकलाप अगाडि बढाई रहेकोहुदा यो सफलता वडाले गर्न सके हरेक क्षेत्रमा बिकासकालागी प्राथमिक्तामा राखिने उपमेयर चौधरीले प्रतिबद्धता गर्नु भयो ।
पुर्ण सरसफाई उन्मुख टोल घोषणाकालागी वडाकार्यालयबाट बिभिन्न चरणको अनुगमनबाट दुवैटोल बिकासका स्थानिय ५ प्लस १ सुचक अनुसार घरपरिवार तथा टोलमा दैनिक सरसफाईमा जुटिरहेकाले घोषणागर्न सकेको सरसफाई नगर संयोजक रबिन ठाकुरले बताए । सनिवार घोषण भएको शिवसंकरटोल बिकासमा ३३ घरधुरी रहेकोमा २ सय ५२ जनसंख्यारहेको छ । त्यसैगरी करमैनियाटोलबिकासमा ७५ घरधुरी रहेको छ भने ३ सय ८३ जनसंख्या रहेको छ । कार्यक्रमबाट ४ जना जेष्ठनागरीकलाई समेत सम्मान गरेको छ । सम्मानित हुने लुटन मोचि,कौशिला मोचि,भगलु चौधरी र दशनि चौधरीलाई दो सल्लाह ओढाई सम्मान गरेको हो ।
शुरेस चौधरीको सभापतित्वमा भएको घोषणा कार्यक्रममा सहायक प्रमुख प्रशासकिय अधिकृत शिव निरौला,वडा अध्यक्ष रामनारायण चौधरी,वडा सदस्य अनन्तराम चौधरी,महिला सदस्य राधिका बस्नेत,योजना प्रमुख हर्षलाल चौधरी,बुद्धिजिवि संकरलाल चौधरी,महिला सञ्जाल प्रतिनिधि रामकुमारी चौधरी,बिनोद चौधरीले सरसफाई निरन्तरताकालागी सुझाव दिदै घोषणा भएको अवसरमा शुभकामना ब्यक्त गरेका थिए ।




