सुनिल चौधरी
झुम्का,असार २२ । समाजमा बिभिन्न सेवात्मक कार्यहरु गर्दै आएको संस्था सुनसरी सिर्जजशिल परिवार नेपालले झुम्काबाट एम्बुलेन्स उद्धघाटनगरी सञ्चालनमा ल्याएको छ । प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले सुक्रवार एक कार्यक्रम बिच रिविन काट्दै गाडी स्टार्टगरी उद्धघाटन गर्नु भयो ।

सिर्जजशिल संस्थाका अध्यक्ष पुष्प कार्कीको सभापतित्वमा आयोजित उद्धघाटन कार्यक्रममा सभामुख भण्डारीले युवा बेरोजगारलाई सेवात्मक काममा लगाएर भएपनि रोजगारको सिर्जनामा सहयोग गरेको भन्दै खुसिब्यक्त गर्नु भयो । सिर्जनशिल परिवारले यस रामधुनीको पबित्र भुमिबाट एम्बुलेन्स सञ्चालनगरी पबित्र कार्य गरेकोमा सभामुख भण्डारीले निरन्तर सेवा मुखि बन्न संस्थालाई सुभकामना ब्यक्त गर्नु भयो ।

स्वदेश र बिदेशमा कार्यरत नेपालिहरुको सहयोगमा ऐम्बुलेन्स सञ्चालन गर्न सम्भव भएको संस्थाका अध्यक्ष कार्कीले बताए । कतारमा कार्यरत सुनसरीका नेपालिहरुले आबद्ध सिर्जनशिल कतार शाखाबाट ९ लाख संकलनगरी र स्थानिय ब्यापारिहरुको आर्थिक सहयोगमा एमबुलेन्स सञ्चालनमा आएको अध्यक्षले बताए । सो संस्थाले बाढि पिडित,आगलागी लगायत जोखिममा रहेका घरपरिवार,शिक्षामा पहुचकालागी दलित आर्थिक कमजोर परिवारका बिध्यार्थिलाई शैक्षिक सामाग्री बितरण तथा छात्रबृति बितरण गर्दै आएको छ । संस्थाको कार्यालय झुम्का ५ स्थित रहेको छ ।

सो कार्यक्रमबाट एम्बुलेन्स सत्तचालनार्थ सहयोगी सबैलाई प्रशंसापत्रले सम्मान गरेको थियो । रामधुनी नगरपालिकाका मेयर जयप्रकास चौधरी,नेकपा केन्द्रिय सदस्य तथा संस्थाका सल्लाहकार धर्मराज निरौलाले मन्तब्य राख्दै एम्बुलेन्स सञ्चालनमा निरन्तरता दिनुपर्ने भन्दै संस्थाले सेवाकाकार्यहरु गर्दै आएकाले शुभकामना ब्यक्त गरे । सो संस्थालाई समन्बय गर्दै आएका र अगामी दिनहरुमा संस्थालाई सहयोगको अपेक्षा सहित संघ संगठनहरुलाई सम्मान गरेको छ । संस्थाले उधोगबाणिज्य संघ झुम्का,रेडक्रश झुम्का उपशाखा,जेसिज झुम्का,थारु महिला उत्थान समाज सुनसरी,रेडियो रामधुनी ९१.९ मेगाहर्जलाई मायाको चिन्हले सम्मान गरेको हो ।

  

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen