सुनिल चौधरी
झुम्का,असार १९ । रामधुनी वडा नं. १ नयाँटोल भादगाउँको ग्रामथानथान(डिह्वार)मा परापुर्वकालदेखिनै असार महिनामा थारु परम्परा अनुसार मनाउदै आएको अखारी पुजा सोमवारका दिन समपन्न भएको छ । बर्षा सुरु भएसंगै त्यसबाट निम्तिन सक्ने सम्भावित घटनाको क्षतिबाट बच्न सकोसको कामना गर्दै ग्रामथान(डिह्वार)मा थारु संस्कार अनुसार बिधिवत पुजा आराधनागरी सम्पन्न भएको हो ।

बर्षाहुदा सर्प,बिच्छि,बिषालु जनावहरुको बिगबिगीबाट बच्न,अत्याधिक बर्षाले निम्तयाउन सक्ने सम्भावित रोगबाच बच्न,गाउँघर,बालबच्चाको बर्षाले कुनै नोक्सानि नहोस र समयमै खेतीपातिको काम सकेर उब्जनी बढोसको कामना गदै थारु समुदाय असार महिनामा पुजा गर्ने चलन बसोवासकै क्रम्मदेखि चल्दै आएको सो ग्रामथानका पुजारी सिताराम चौधरीको भनाई रहेको छ । बाहिरबाट आउने नाकारात्मक अदृश्य शक्तिबाट समेत बच्नकालागी थारुहरु बिशेष ग्रामथान स्थापनागरी पुजा आरधना गर्ने बाध्यवाधन (मृदंग)बजाउने गुजकलाल चौधरीले बताए ।

नयाँटोल भादगाउँको ग्रामथानथानमा बिशेष राजाजि,तुम्लुङ्ग मुखिया लगायत रहेको देवधरमलाई आरधनागरी बाबा पुर्खाकै पालादेखि पुजा लिएको सौन धामिलाई बिशेष बिधिवत रुपमा पुजागर्ने चलन रहेको छ । बर्षमा दुईपटक नेमानि र अखारी पुजा गर्ने परम्परा रहेको छ । गाउँबाहिर ग्राथान स्थापनागरी मंसिरमा नेमानि र असारमा अखारी पुजा गर्दै आएको छ । अखारी पुजामा खिर,लड्डु,नयाँ फलेको फलफुल आँप,कटहर चढाएर देवतालाई खुसिपार्ने गरिन्छ । सो ग्रामथानमा पहिले–पहिले बोका,पाठि,भालेलाई बलि दिई,अण्डा चढाउदै आएको थियो भने अहिले आएर बलि दिन छोडेको छ । ग्रामथान देवतालाई गोचर बिन्तिगरी देवतालाई मनाएर फलफुल लड्डु,खिर चढाई पुजा आरधना गर्दै आएको स्थानियहरुले बताएका छन् । यसरी बलि नदिई पुजा गर्दा पनि ग्र्रामदेवता खुसिहुने बताएका छन् ।

अखारी पुजा हुनुपुर्व पुजासामाग्रीकालागी गाउँको प्रत्येक घरधुरिमा बेहरी(केहि रकम सहयोग रु पचास वा आवशयक अनुसार ) संलन गर्ने गरिन्छ । बेहरी संकलन भै सकेपछि पुजा गर्ने दिन अगुवाले निर्धारणगर्ने गरिन्छ । सो दिन बिहानै गाउँलेहरु भेला भएर ग्रामथानलाई सरसफाई,निपपोतगरी दब्हारी(खर) वा कुसको मुठा प्रत्येक देव स्थानमा लागईन्छ । त्यसपछि अगुवाको घरमा पुजाको सबै तयारीगरी बेलुका साँझ पर्नेबेलामा बालबालिका देखि लिएर बृदबृद्धा सम्म आएर साँझ बात्ति, दियोबालि बिधिवत पुजा सुरुगरी प्रसाद ग्रहण गर्ने चलन रहेको छ । पुजा गर्ने बेलामा ै झाईल मृदंग बजाएर पौराणिक धार्मिक गीतहरु गाउँदै अखारी पुजा सम्मपन्न गर्ने पौराणिक मान्यता रहेको छ । अखारी पुजा घरघरमा पनि गरिने चलन रहेको छ । असार भरीनै कुल देवतालाई बिधिवत पुजागरी सुखशान्तिको कामना गर्ने गरिन्छ ।

ग्रामथानमा कामना गर्दै पुजा गर्नाले गाउँघरमा सुख शान्ति हुने आस्थाले मनाउदै आएको अखारी र नेमानि पुजामा गर्ने भजनकालागी बृद्ध भजन्याहरुको स्वर्गवासले समस्या भैरहेको पुजा आरधनामा झाईल बजाउदै आएका ७५ बर्षिय भरतलाल चौधरीले बताए । यसभन्दा पहिले ८ देखि १० जनाको समुहमा हामिले रमाई रमाई भजन गाएर पुजा गर्ने गथ्र्यौ भावुक हुदै ७५ बर्षिय चौधरीले भने साथिहरुको स्वर्गवासले अहिले दुईजना मात्रै बजाई रहेका छौ । नयाँ युवा पुस्ताले गितगाउँने,बाध्यबाधनमा झाईल मृदंग बजाउने कला ज्ञान लिन नचाहेकाले अबकादिनमा थारु समाजमा रहेकोे भजन गर्ने चलन हराएर जाने भन्दै पहिचानमाथिनै खतरा आउने चौधरीको चिन्ता रहेको छ । कम्तिमा हामी रह्दासम्म भजन गर्ने शैलि बिधिबारे हस्तान्तरण गर्न पाए संस्कार जिबित रहिरहने भनेर युवाहरुलाई सचेत गराउदै पहिचान जोगाउने वा समाप्त गर्ने युवाहरुको हातमा रहेकाले युवाभुमिकाबारे समेत ७५ बर्षिय भरतलाल चौधरीले प्रश्न गरेका छन् ।

   

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen