सुनिल चौधरी
झुम्का,असार ११ । क्यान्सर सम्मको रोगबिरुद्ध लड्ने क्षमता भएको पौष्टिक तत्वले भरिपुर्ण रहेको च्याउ उत्पादनमा बृद्धिकालागी सुनसरीका कृषकहरु रामधुनीमा भेला भएर अन्तकृया गरेका छन् । क्ष्ोत्रिय कृषि तालिम केन्द्र झुम्कामा अन्तकृया गर्दै च्याउ उत्पादन किसान संघ जिल्ला समिति गठन समेत गरेको छ ।

जिल्लामा पहिलो पटक च्याउ उत्पादनको नयाँसमिति गठन भएको हो । सर्व सहमतिले चयन गरेको समितिमा कृषण गुरुङ्ग(अध्यक्ष),चोलेन्द्र खड्का(उपाधयक्ष),भवानि प्रसाद दाहाल(सचिव) कल्पना खडका (कोषध्यक्षमा) रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा ललिता राई,सिताराम कटुवाल,याम बहादुर कुवर,मौसमि कार्कि,सन्तोष भगत र पोसक कार्की रहेका छन् ।

बिदेशबाट फर्किएर च्याउ उत्पादनबाट मनग्ये आदानि गरीरहेका तथा संघ केन्द्रिय सदस्य र सुनसरी संयोजक समेत रहेका दिपक आचार्यको संयोजकत्वमा भएको अन्तरकृयामा संघका केन्द्रिय अध्यक्ष तेजनारायण अधिकारीले च्याउउत्पादनको महत्व,समस्या तथा सामाधान यसबाट गर्न सक्ने जिविको पार्जन र बजार अवस्थाकोबारेमा सहजीकरण गरेका थिए ।

यसको प्रयोगले मानव स्वथ्यमा धेरै फाईदा पुग्ने भएकोले प्रवद्र्धन गर्न बिभिन्न परिकार बनाई ब्यवसाय समेत गर्न सक्ने अधिकारीले बताए । चाउचाउ,समोसा,पकौडा,मोमो,सुप बनाएर आम्दानि लिन सकिनेहुदा ब्यवसायकै रुपमा उत्पादन गर्न सकिने बताए ।

नेपालमा बर्षेनि २७ लाख किलो च्याउ उत्पादन भईरहेकोमा सुनसरीमा पनि च्याउ उत्पादन बृद्धिकालागी किसानहरु लागी परे क्षेत्रिय कृषि तालिम केन्द्र झुम्काबाट सहयो गर्न सकिने निमित प्रमुख बौवालाल चौधरीले बताए । कार्यक्रममा सुनसरीका २५ जना च्याउ उत्पादक किसानहरुको उपस्थिती रहेको थियो ।

Image may contain: 4 people, people sitting and indoor
Image may contain: one or more people, people sitting, table and indoor
No automatic alt text available.
Image may contain: 2 people, people smiling, people sitting, people standing and indoor

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen