सुनिल चौधरी
झुम्का,असार १० । रामधुनी नगर अन्तर्गत रहेका अपाङ्गत्ता भएकाहरुलाई शिक्षामा पहुच र हिड्डुल गर्न साहायक सामाग्री वडा कार्यालयको सहयोगमा बितरण भई रहेको छ । यो बितरणले उनीहरुमा मनोबल उच्च भएको छ । समाजमा पनि केहि गर्न सक्छु भन्ने आत्मबिश्वास बढ्दै गएको छ । यसले आर्थिक कमजोर परिवारमा अपाङ्गत्ता बालबालिकालाई बिध्यालय सम्म पुग्न र निरन्तरतामा बलपुगेको छ भने गार्जनलाई दायित्वमा महशुसपनि गराएको छ ।
सहायक सामाग्री बितरण अपाङ्गत्ता नगर समिति त्यसैगरी वडा नं. ५ र वडा नं. १ को सहयोगमा बितरण गरीसकेको छ । यसै क्रम्मा रामधुनी २ नं. वडाकार्यालयको सहयोगमा पनि नेपाल अपाङ्गत्ता समन्बय वडा समितिले अपाङ्गत्ता भएकालाई सहायक सामाग्री सहित शिक्षामा प्रोत्साहनकालागी आईतवार शैक्षिक सामाग्री बितरण गरेको छ ।
अपाङ्गत्ता वडा समितिले शैक्षिक सामाग्रीमा ब्याग,कापी,कलम,पेन्सिल, बिध्यालय पोसाक बितरण गरेको छ भने २ जनालाई ब्हिलचेयरका साथै बैशाखि,सादा छडि बितरण गरेको छ । वाडाकार्यालयको सहयोगमा अपाङ्गत्ता भएका सिता चौधरी र उमेश मुसहरलाई ब्हिलचेयर बितरण गरेको हो । शैक्षिक सामाग्री बितरणमा अपाङ्गत्ता भएकाका गार्जन समेत आएर सहयोग लिन पाउदा उनीहरु खुसी देखिन्थे ।
श्रवण शक्ति कमजोर भएका कालिझोडा टोलका टेकबहादुर थापाले आफुनोे कानसुन्ने क्षमता कम थियो ,उन्ले भने,सहयोगमा यरफोन(सुन्ने प्रबिधि) पाउदा म,खुसि भएको छ, । यसबाट सबै कुरा सुन्न र बुझन सकिने हुदा आफुलाई जिवन साथि जस्तै भएको बताए । हिड्डुल गर्न समस्या देखिएका उमेश मुसहरको आर्थिक अवस्था कमजो थिए । वडा कार्यालयबाट ब्हिलचेयर पाउदा आफुलाई हिडडुल गर्न सहज भएको धारण ब्यक्त गरे ।
अपाङ्गत्ता वडा समितिका अध्यक्ष खडगबहादुर थापाको सभापतित्वमा भएको बितरण कार्यक्रममा वडा सदस्य अनन्तराम चौधरीले बितरण गरेका थिए । सो कार्यक्रममा अपाङ्गत्ता नगर समिति अध्यक्ष डिल्लीराम चौलागाई,सहसचिव गोबिन्द बिष्टको उपस्थिती रहेको थियो भने उपस्थित सबैलाई वडा समितिका सल्लाहकार राजकुमार चौधरी मन्तब्यले स्वागत गरेको थियो ।