सुनिल चौधरी
झुम्का,असार ९ । रामधुनी १ नम्बर वडा कार्यालयको आयोजनामा सनिवार हाजिरी जवाफ प्रतियोगीता सम्पन्न भएको छ । बिध्यार्थिमा क्षमता अभिबृद्धिकालागी आयोजित टोल स्तरीय प्रतियोगीतामा हाटखोला टोलबिकास संस्था प्रथम भएको छ ।
प्रतियोगीतामा पृथ्बी गोश्वामि,रन्जीत शाह र सुनिल बस्नेतको समुह रहेको सो टोलबिकास प्रथम हुदै सिल्ड सहित प्रमाण पत्रले पुरस्कृत गरीएको छ । त्यसैगरी सो प्रतियोगीतामा दोस्रो शिव चौक टोलबिकास भएको छ । दोस्रो हुने टोलबिकासमा रुवेस न्यौपाने,मन्जेस गुप्ता र बेलिसा बास्तोलाको समुह रहेको थियो । बिधान गुरागाई,अनामिका सिंह र प्रज्वल ढकालको समुह रहेको आदर्श टोल बिकास तेस्रो भएको वडा सचिव अभिनारायण भटराईले जानकारी दिएका छन् ।
वडा अध्यक्ष महेश चौधरीकोे सभापत्विमा भएको सो प्रतियोगीतामा दोस्रो र तेस्रो हुनेलाई पनि सिल्ड सहित प्रमाण पत्रले पुरस्कृत गरीएको थियो । वडा नं. १ मा २५ टोलबिकास मध्ये प्रतियोगीतामा १५ टोलबिकास सहभागी भएको थियो ।



