अन्जु चौधरी
झुम्का,असार ९ । युवामा बढ्दो दुब्र्यसले समाजमा परिरहेकोे नाकारात्मक असरलाई मध्यनजरगर्दै झुम्कामा दुब्र्यसनि न्युनिकरणकालागी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । जाड,रक्सी लागु औषध तथा दुब्र्यशन रहित स्वच्छ समाजको निर्माणमा वडा महिलाको अभियानको नारा सहित रामधुनी १ नम्बर वडा महिला सञ्जाले कार्यक्रमको आयोजना गरेको हो ।
एक सोचले मानिसको जिवन परिवर्तन गर्छ,यी बेवारिसेहरुको अब हामि हुनु पर्छ भन्ने सबैमा जागृतकालागी कार्यक्रममा दुब्र्यशन सम्बन्धि बिभिन्न चेतनामुलक नाटक,गित,सुचना र सुझावहरु प्रस्तुत गरेका थिए । एकशन फर शोसियल चेन्ज काठमाण्डौबाट आएका टोलीले सो प्रस्तुतीहरु राखेका थिए ।
नगरप्रमुख जयप्रकास चौधरीले कार्यक्रम उद्धघाटन गर्दै अबका आर्थिक बर्षहरुमा बजेट निर्धारण गरेर नगरमा अभियानकै रुपमा लैजाने प्रतिबद्धता गरे । सो कार्यक्रममा नगर उपप्रमुख सबिना चौधरी,१ नम्बर वडा अध्यक्ष महेश चौधरीले दुब्र्यसनि बिरुद्ध योजनाबद्ध तरीकाले नगरपालिका लागीपर्ने भन्दै यसमा नगरवासी र गार्जनको समेत भुमिकाहुनुपर्ने पर्ने बताए । कार्यक्रममा पत्रकार सुनिल चौधरीले आफनो मन्तबयराख्दै दुब्र्यसन न्युनिकरणकालागी नगरपालिकाबाट बजेट बिनियोजनगरी सचेतनाको अभियान चलाउनु पर्ने माग राखेका थिए ।
कर्यक्रम वडा महिला सञ्जालकी अध्यक्ष सरस्वती चौधरीको सभापतित्वमा भएको थियो भने कार्यक्रममा वडा सचिव तारा थापा र तुलसि खड्काले उद्धघोषण गरेका थिए ।



