सुनिल चौधरी
झुम्का,असार ७ । मुटुमा समस्या देखिएकी आपाङ्गत्ता बालिका अर्चना चौधरीलाई आर्थिक सहयोग जुटेको छ । रामधुनी वडा नं. १ सैनिमैनि टोलका देबकी चौधरी र रमेश चौधरीका ५ बर्षिया छोरीलाई उपचारकालागी नगरपालिकाको सहयोगमा नेपाल अपाङ्गता संरक्षण वडा समितिले रु ३० हजार आर्थिक रकम उपलब्धगराए पछि आर्थिक सहयोग जुटेको हो ।
नगरपालिकाबाट आर्थिक सहयोग भएपछि छोरीलाई उपचारकालागी थप सहज भएको भन्दै आमा देवकी चौधरी खुसि ब्यक्तगरिन् । उन्की छोरी अर्चना जन्मैदेखि बोल्न सक्दिनन् ।
अपाङ्गता संरक्षण वडा समितिकी अध्यक्ष दृष्टिबिहिन राधा चौधरीको सभापत्विमा बिहिवार आयोजित कार्यक्रमबाट नगर प्रमुख जयप्रकास चौधरीले उपचार सफलताको कामना गर्दै रकम हस्तान्तरण गरे । उपचारमा लाग्ने अन्यखर्चलाई छुटकालागी पहल गर्दिन समितिका अध्यक्ष दृष्टिबिहिन चौधरीले नगरपालिका लगायत सरोकारवलाहरु संग अनुरोध गरेकी छन् ।
सो कार्यक्रमबाट वडा नं. १ कै खुट्टा भाचिएका आपाङ्गत्ता बालक अर्जुन सरदारलाई उपचारकालागी रु १० हजार सहयोग समेत नगरप्रमुख चौधरीले हस्तान्तरण गरेको छ । त्यसैगरी ५ जना आपाङ्गत्ता भएकालाई ब्हिलचेयर, ५जनालाई बैशाखि र ६ जनालाई सेतो र सादा छडि बितरण गरेको छ । सो सहायक सामाग्री रामधुनी नगर उपप्रमुख सबिना चौधरी,प्रमुख प्रशासकिय अधिकृत ओमकार न्यौपाने, १ नम्बर वडा अध्यक्ष महेश चौधरीले बितरण गरेका हुन् ।
नगरपालिकाले आउदो आर्थिक बर्षमा अपाङ्गतालाई सम्मान रुपमा बजेट बिनियोजन हुनुपर्छ भन्दै अपाङ्गत्ता संरक्षण नगर समितिका अध्यक्ष डिल्लीराम चौलागाईले मागगरेका छन् । लक्षित बर्ग अन्तर्गत रहेको बजेट अरु बिषयगत समिति जस्तै अपाङ्गता संरक्षण समितिलाई सम्मान रुपले बजेट बिनियोजन हुनुपर्ने अध्यक्ष चौलागाईले माग गरेका हुन् ।
महिला,आदिवासि जनजाती,पिछडाबर्ग,बालबालिका लगायतका बिषयगत समितिमा आएको बजेटबाट पनि अबका आर्थिक बर्षमा अपाङ्गत्तालाई सहयोगहुनुपर्ने माग राखेका छन् । अपाङ्गता संरक्षण समितिको मात्रै दायित्वहो भन्दै अन्य बिषयगत समितिले अपाङ्गत्तालाई सहयोग नगरेको गुनासो बिष्टले गरेका छन् । अपाङ्गत्ता संरक्षण समितिमा आएको बजेटले अहिले सम्म सबै लक्षित बर्गका अपाङ्गत्ता भएकालाई सहयोग गरिदै आएको हुदा तर अबका दिनमा अरु बिषयगत समितिको बजेटबाट पनि सम्बन्धित लक्षित बर्गका अपाङ्गत्तालाई सहयोगको अपेक्षा राखेको नगर सहचिव गोबिन्द बिष्टले बताए । यसकालागी यसै आर्थिक बर्षबाट सुनुवाई होस भन्दै नगरप्रमुख चौधरीलाई समेत अनुरोध गरेको सहसचिव बिष्टले जानकारी दिएका छन् ।



