सुनिल चौधरी
झुम्का,असार ५ । नेपाल अपाङ्गत्ता नगर समित रामधुनीले अपाङ्गत्ता भएकाहरुलाई मंगलवार सहायक समाग्री र छात्रबृति बितरण गरेको छ । नगरपालिकाबाट बिनियोजित रकम अपाङ्गत्ता समितिलाई उपलब्ध गराएपछि उनीहरुलाई साहाराकालागी ब्हिलचेयर,बैशाखि,सेतो र सादा छडि बितरण गरेको हो ।

नगर समितिले १ जनालाई कम्बोड सहित २ जना लाई ब्हिलचेयर बितरण गरेको छ । ब्हिलचेयर रुपेश बुढाथोकी,सिता चौधरी र गौरी सदाले पाएका छन् । सहायक सामाग्रीमा सेतो र सादा छडि १७ जना, बैशाखि १० जनालाई बितरण गरेको छ । पढ्नबाट बञ्चित भएका बिपन्न परिवारका अपाङ्ग बालबालिकालाई शिक्षामा पहुच पुर्याउन समितिले नगद रु ५ हजारका दरले ९ जनालाई छात्रबृति समेत बितरण गरेको छ भने ८ जनालाई शैक्षिक सामाग्री बितरण गरेको अपाङ्गत्ता नगर सचिव गोबिन्द बिष्टले बताए ।

छात्रबृति राधा चौधरी (वडा नं. १), ज्योति कुमारी चौधरी(वडा नं. ९),सागर चौधरी(वडा नं. ७),गोमा नेपाल(वडा नं. ३),लक्ष्मी माझी(वडा नं. ४),आकृति चौधरी(वडा नं. ८),मिना खातुन(वडा नं. २),रामकुमारी राजधामि(वडा नं. ६) र वडा नं. ५की कञ्चन चौधरीले पाएकी छन् ।

अपाङ्गत्ता नगर समिति अध्यक्ष डिल्लीराम गुरागाईको सभापत्विमा आयोजित सो कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख जयप्रकास चौधरी,उप प्रमुख सबिना चौधरी,प्रमुख प्रशासकिय अधिकृत ओमकार प्रसाद न्यौपाने,वडा नं. १ का वडा अध्यक्ष महेश चौधरी,योजना शाखा प्रमुख हर्षलाल चौधरीले सहायक सामाग्री र छात्रबृति बितरण गरेकाहुन् । सो कार्यक्रमबाट नगर प्रमुख सहित वडा अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतलाई अपाङ्गत्ता नगर समितिले सम्मान समेत गरेको छ ।

Image may contain: one or more people and indoor
Image may contain: 5 people, people sitting
Image may contain: 4 people, people sitting and indoor
Image may contain: 6 people, people standing and indoor

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen