सुनिल चौधरी
झुम्का,असार ५ । दुब्र्यशनको लतले युवाहरुको जिवन गलतबाटो तर्फ गईरहेको दिन दिनै बढ्दो अवस्थामा रहेको छ । जाड रक्सी तथा दुब्र्यशनले धेरै युवाहरुको जिवन नर्कमा पुगेको जस्तै समाजमा बिधमान भईरहेको अवस्थामा यसको न्युनिकरणकोलागी वडा महिला सञ्जाल रामधुनी वडा नं. १ ले जनचेतनामुलक कार्यक्रम आयोजना गर्ने भएको छ ।

जाड रक्सी तथा दुब्र्यशन रहित स्वच्छ समाजको निर्माण,रामधुनी १ नम्बर वडा महिला सञ्जालको सामुहकि अभियानको नारा सहितको सास्कृतिक कार्यक्रम आउँदो सनिवार असार ९ गते आयोजना गर्ने वडा महिला सञ्जालकी अध्यक्ष सरस्वति चौधरीले जानकारी दिएकी छन् । कार्यक्रम झुम्काको पुरानो गाबिस भवन अगाडि बजारमै हुने अध्यक्ष चौधरीले जानकारी दिएकी छन् । समाजमा बिधमान रहेको दुब्र्यशन युवामा बिशेष लतकाकारणसमाजिक तथा पारिवारिक बहिष्कृत रुपमा रहेको उदाहरण धेरै पाएको हुनाले यसलाई न्युकरणकालागी बिशेष कार्यक्रमको उधेश्य रहने उन्ले बताईन् ।

कार्यक्रम रेडियो रामधुनी ९१.९ मेगाहर्जबाट प्रत्येक दिन दिउसो २ बजे देखि ३ बजे सम्म काठमाण्डौको स्टुडियोबाट प्रत्यक्ष जोडेर दुब्र्यशन सम्बन्धि प्रसारित कार्यक्रम सुनि प्रभावित भएर जनचेतनाकालागी झुम्कामा कार्यक्रमको आयोजना गर्नलागेको अध्यक्ष चौधरीले बताईन् । कार्यक्रममा सबै संघ संस्था,बिध्यालय र गाउँका युवाहरुमा सहभागीकालगी अध्यक्षले अनुरोध गरेकी छन् ।

झुम्का बजारमा हुने सो कार्यक्रममा जनचेतना मुलक नाटक, सांस्कृतिक कार्यक्रम साथमा चर्चित कलाकारहरुको चेतनामुलक प्रस्तुती हुने वडामहिला सञ्जालकी सचिव तारा थापाले बताईन् । एक सोचले मानिसको जिवन परिवर्तन गर्छ जाड रक्सीको दुब्र्यशन प्रत्येक गाउँबाट अब निर्मुल हुनुपर्छ भन्ने उधेश्य सहित सामाजिक रुपमान्तरणकालागी यो कार्यक्रम गर्न लागेको थापाले बताईन् ।

कार्यक्रममा प्रस्तुतीकालागी काठमाण्डौबाट आएका चर्चित कलाकार,गायक र स्थानिय कलाकारहरुको प्रस्तुती रहने वडा महिला सञ्ञजालले जानकारी दिएको छ । कार्यक्रम संयोजन भने एकसन फर सोसियल चेन्ज काठमाण्डौ र रेडियो रामधुनी ९१.९ मेगाहर्ज रामधुनीको रहने छ । सह आयोजकमा रामधुनी नगर कार्यपालिका र वडा नं. १ कार्यसमिति रहने सञ्जालले जानकारी दिएका हुन् ।

No automatic alt text available.

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen