सुनिल चौधरी
झुम्का,जेष्ठ ३१ । बाध्यता र जनचेतनाको अभावले बालबिवाह बृद्धि भईरहेको अवस्थामा रामधुनीका बिभिन्न टोल र बिध्यालयमा सडकनाटकद्धारा जनचेतना फैलाउने प्रयास गरेको छ । बालबालिकाको चौतर्फि बिकासको क्षेत्रमा कामगर्दै आएका युथ क्रिएशन सुनसरीले अभिभावक र बिध्यार्थिलाई सचेतनाकालागी रामधुनीका वडा नं. १ र २ मा सडक नाटक प्रस्तुत गरेका हुन् ।

समाजमा बालबिवाह हुनुको ठुलो कारण बन्दै गईरहेको सानै उमेरमा गरेको प्रेमबिवाहले निम्तयाउन सक्ने समस्याहरुकोबारेमा सचेत गराउन नाटकको प्रमुख भुमिका समावेसगरी प्रदर्शन गरेको नाटक निर्दैशक कुलदिप चौधरीले बताए । यसरी गरेको बालबिवाहले छोरी चेलीलाई शारिरिक,मानसिक र ब्यवहारिकमा उत्पन्न हुने समस्याको बारे प्रस्तुत गरेको चौधरीले बताए । समाजको करकापले पनि उमेर नपुगी बिवाहगर्नुपर्ने बाध्यता र त्यो बाध्यताले केटा र केटिलाई आईपर्ने समस्या राखेर जनचेतना दिने प्रयास गरेको चौधरीले बताए ।

नाटकमा बालबालिकालाई ध्यान केन्द्रित हुने भएकाले यसद्धारा चेतना दिन सडकनाटकको अयोजना गरेको युथ क्रिएशनका फोकलपर्सन राजु साहले बताए । योजना अनुसार रामधुनी वडा नं. १ मा दलितटोल मोहनपुर,भासिमाबि,भादगाउँ नयाँटोल त्यसतै वडा नं. २ मा मुस्लिमटोल तित्रिवन,सिवनगर,कुम्याहि र धमौराटोलमा वडाबाल सञ्जालका अध्यक्ष रामकुमार मोचीको संयोजकमा प्रदर्शन गरेको शाहले जानकारी गराए ।

Image may contain: 24 people, people smiling, people standing, crowd and outdoor
   

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen