सुनिल चौधरी
झुम्का,जेष्ठ २२ । झुम्का उधोग बाणिज्य संघले कार्यालय स्थापनागरी सेवा प्रवाह गर्न थालेको छ । सुनसरी मोरंग सिचाई कार्यालयले नहरको डिलमा रहेको घर भक्तकाउने क्रम्मा संघको कार्यालय पनि भक्तकाउदा ठप्प भएको सेवालाई नयाँ कार्यसमितिले सुचारु गरेका छन् । झुम्केश्वर मन्दिर परिसरको पुर्व कुनापटि आलमुनियमको घेराबेरा गरेर कार्यलय स्थापनागरी सेवा प्रवाह गरिरहेकोे छ ।

सार्वजानिक बिदा बाहेक बिहान १० बजे देखि ५ बजे सम्म कार्यलय खुल्ला रहने नव निर्वाचि अध्यक्ष धमेन्द्र शाहले जानकारी दिए । कार्यलयमा दुई जना कर्मचारीलाई नियुक्त गरीएको छ । कार्यलय सचिवमा निशा साह र यसभन्दा पहिले देखिनै कार्यलयमा काम गर्दै आएका गौरी नारायण चौधरीलाई समेत कर्मचारी नियुक्त गरीएको अध्यक्ष शाहले बताए । कार्यालय समयमा कार्यालयबाट ०२५५६२३११ मा टेलिफोनबाट सेवा समेत लिन सकिने शाहले बताए ।

प्रत्यक्ष सेवा दिने उधेश्यले कार्यालय स्थापना गरेकोमा ब्यवसायीहरुले खुसि ब्यक्त गरेका छन् । ब्यवसायीहरुलाई कुनै समस्या वा काम परे सोझै कार्यालयमा गएर बुझन सकिने भएकोले नयाँ समितिको यो कार्य सराहनिय भएकोे टेलर्स सञ्चालन गर्दै आएका ब्यवसायी मोहमद फारुक खानले बताउछन् । उन्का अनुसार यस भन्दा पहिले संघबाट सेवा लिन प्रतिनिधिको घर धाउनु पथ्र्यो । कार्यालय स्थापनाले सहज हुने ब्यवसायी फारुक खानले बताए ।

सातौ साधारण सभाबाट नयाँ नेतृत्व चयन भएपछि संघका नव निर्वाचितलाई २०७४ चैत्रमा चौथो पदस्थापन गरेको थियो । तिन बर्षको कार्यकालकालागी संघको प्रथम उपाध्यक्षमा सुजित कुमार राय,द्धितिय उपाध्यक्षमा सतेन्द्र न्यौपाने,महा सचिवमा नबिन कुमार चौधरी,बाणिज्य सचिवमा दुर्गा प्रसाद फुयाल,उधोग सचिवमा भरत कार्की,प्रचार प्रसार सचिवमा कपिल खडका,कोषाध्यक्षमा डिल्लीराम गुरागाई कार्यसमितिमा निर्वाचित भएका थिए । यसैगरी सदस्यहरुमा कमल साह,संगीता साह,बिरेन्द्र साह,दिनेश चौधरी,ईश्वर चौधरी,सिता चौधरी र बबिता घिमिरे निर्वाचित भएका हुन् ।

Image may contain: 6 people, including Sujit Roy, people standing
Image may contain: plant and indoor

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen