सुनिल चौधरी
ईटहरी,जेष्ठ १९ । ईटहरी ८ टेंग्राटोलका थारुहरुले बषौदेखि पुजा पाठगर्दै आएको ग्रामथान भु–माफियाहरुले डोजर लाएर भक्तकाएको छ । भु–माफियाको रकमको चलखेलले पुलिस प्रशासनकै संरक्षणमा नगरपालिकाको डोजरले त्याहा रहेको ग्रामथान लगायत भुमिघर भक्तकाएर थारु महिला अगुवाहरुमाथि कुटपिट समेत गरेको छ ।

ग्रामथान र भुमिघरलाई भक्तकाईरहेको अवस्थामा रोक्न खोज्दा ग्रामथान संरक्षण समितिकी अध्यक्ष जानकी चौधरीलार्ई कुटपिट गरेको स्थानिय तथा समितिका सचिव सुमित्र चौधरीले बताएकी छन् ।

थारु समुदायलाईनै नाम लगाएर त्याहा भु माफिया जग्गा वलाले गालि गलौज गर्दै त्यो थरुनी कहा छ त्यसलाई कुट,थारुको अगुवा बन्ने भन्दै अपशब्द बोल्दै गालि गर्दै कुटेको सचिव सुमित्र चौधरीले बताएकी छन् । घाईते चौधरीलाई बिराटनगरको अस्पतालमा भर्ना गरीएको छ ।

चौधरीले सबै संग संरक्षणकालागी अपिल गरेकी छन् । आईतवार बिहान १० बजे पत्रकार सम्मेलन लगायत जनप्रतिनिधिको भेलागराई मुचुल्लका उठाउन लगाउने तर उहाहरु बेवास्तागरे नगरपालिका घेराउन गर्ने बताएकी छन् ।

यो राज्यले थारुको पहिचान समाप्तपार्न लागी परेको स्थानियहरुले बताएको छ । थारुले द्धन्द्ध चाहदैन तर राज्यलेनै बाध्यता बनाईरहेको सुमित्राले बताएकी छन् । त्याहा एैलानि जगगामा भुमिघर, ग्रामथान,जितिया पानि घट्ट पोखरी रहेको थियो ।

  

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen