सुनिल चौधरी
झुम्का,जेष्ठ १९ । रामधुनीका जनप्रतिनिधि,कर्मचारी र सरोकारवला संघ संस्थाका प्रतिनिधिहरु नगरलाई बालमैत्रि नगर बनाउन प्रकृया र चरण सिकाईकालागी नेपालकै पहिलो बालमैत्रि नगर घोषणा भएको नवलपरासीको सुनुवल नगरपालीका भ्रमण गरीएको छ ।

नगरपालिका हुनु भन्दा अगाडि त्यतिखेर भासिगाबिसलाई बालमैत्रि गाबिस घोषणाकालागी अन्तिम तयारीमा रहदा संघिय संरचनाले नगरपालिकामा परिवर्तनहुदा घोषणा गर्न समस्या र चुनौति थपिदा अब नगरलाईनै बालमैत्रि घोषणा गर्न त्यसको अवधारणा सिकाईकालागी नवलपरासी भ्रमण सफल भएको युथ क्रिएशन सुनसरीका प्रतिनिधि राजु शाहले बताए ।

सो सुनुवल नगरपालिकाको आयोजनामा सुक्रवार रामधुनी नगरपालिकाबाट गएका प्रतिनिधिहरुलाई रणनिति,योजना,नगरपालिका र नगरवासीले गर्नुपर्ने मुख्य काम कर्तब्य,बजेट सम्बन्धि जानकारी सहित अवधारणाबारे जानकारी लिएको छ । त्याहा बाल मैत्रि संरचनाहरुको अवलोकन तथा बिचारहरु सिकाई उपलब्धि भएको रामधुनी नगरका योजना प्रमुख हर्षलाल चौधरीले बताए । घोषणाहुनु पुर्व सुनुवल नगरपालिकाले गरेको कृयाकलापकोबारेमा बिस्तृत जानकारी पाएको भ्रमणमा सहभागी झुम्का उधोग बाणिज्य संघकी सदस्य तथा थारु महिला उत्थान समाजकी अध्यक्ष सिता चौधरीले बताए । त्याहा प्राप्त जानकारी अनुसार उत्थानकी अध्यक्ष चौधरीले भनिन् घोषणा पुर्व नगरवासि र जनप्रतिनिधिको साकारात्म सम्बन्ध हुनु पर्ने,उधोगी ब्यापारि,अभिभावक,सहयोगी संघ संस्थाको साकारात्मक समन्बय हुनुपर्ने बताईन् ।

सुनुवल नगरपालिकाले गरेको ऐतिहासिक कार्यको प्रसंसा सहभागीहरुले गरेका छन् । यसरीनै रामधुनी नगरपालिकालाई पनि चरणबद्ध रुपमा अगाडी बढाई ऐतिहासिकता कायमगर्न प्रतिबद्धता समेत भ्रमणमा सहभागीहरुले गरेका छन् । बालमैत्रि स्थानिय शासन लागुगर्न यस भ्रमणले उपलब्धि दिलाएको सहभागीहरुले बताएका छन् । बिहिवार गएको अवलोकन भ्रमणबाट सनिवार बेलुका सम्म झुम्का आईपुग्ने योजना प्रमुख चौधरीले जानकारिदिएको छ ।

Image may contain: 7 people, indoor
Image may contain: 2 people, people sitting and indoor
Image may contain: text

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen