सुनिल चौधरी
झुम्का,जेष्ठ १८ । नेपाल आदिवासी जनजाती महासंघ रामधुनी वडा नं. ३ सिंगीया कार्यसमितिले “आफु पनि बचौ, अरुलाई पनि बचाऔ” उधेश्यले कृषकलाई कम्पोष्ट मल उत्पादन तालिम सम्पन्न गरेको छ । वडा कार्यालयको सहयोगमा बिषादि रहित तरकारी उत्पादनगरी मानव स्वास्थ्य संरक्षणकोलागी दुई दिने कम्पोष्ट मल उत्पादन तालिम सुक्रवार सम्पन्न गरेको हो ।
बिहिवारबाट सुरु भएको सो तालिममा अर्गानिक तरकारी उत्पादनकालागी कम्पोष्ट झोल मल तयारी गर्ने बिधि तथा सुन्य प्रबिधिबाट आलु,लसुन,प्याज उत्पादन गर्ने तरीकाको बारेमा वडाका ७५ जना कृषकलाई तालिम दिएको छ । महासंघ वडा अध्यक्ष शुरेस चौधरीको सभापतित्वमा सो समापन कार्यक्रममा प्रमुख अतिथी नगर अध्यक्ष राजकुमार चौधरीले कृषकहरुलाई प्रमाणपत्र सहित तरकारी बिउ बितरण गरे । तालिम अवधिभर सत्यनारायण थारु र दिपकराज चौधरीले सहजीकरण गरेका थिए ।
त्यसैगरी महासंघ नगरको भवनकोलागी १० धुर जग्गादाता सिंगीयाका मंगली चौधरी सहित परिवारजन अशोक चौधरी,आशाबति चौधरी र शसि चौधरीलाई सम्मान गरेको छ । सो जग्गामा चाँडैनै महाँसंघ नगरको भवन निर्माण सुरु गर्ने नगर अध्यक्ष चौधरीले बताए । नगर महासंघको प्रस्ताव जनप्रतिनिधिहरुले बेवास्ता गरेकोले भवन निर्माणको थालनि गर्न नसकेको नगर अध्यक्षले गुनासो गरे । तालिमको समापन कार्यक्रम्मा महासंघ वडा कार्यसमितिका अध्यक्ष शुरेस चौधरी सहित पदाधिकारीहरुलाई नगर अध्यक्ष चौधरीले सफल कार्यकालकालागी अबिर टिका लगाउदै शुभकामना दिएका थिए ।