सुनिल चौधरी
झुम्का,जेष्ठ १६ । सरकारले आर्थिकबर्ष २०७५÷७६ कालागी मंगलवार सार्वजानिक गरेको बजेटमा सुनसरीको ४ वटा नगरपालिकामध्ये सबै भन्दा कम बजेट रामधुनी नगरपालिकाले पाएको छ । संसदमा अर्थमन्त्री युवराज खतिवडाले सार्वजानिक गरेको बजेट अनुसार रामधूनीले २८ करोड ५२ लाख बजेट पाएको हो । जस अनुसार रामधुनीले वित्तीय समानीकरण अनुदान अन्तर्गत १४ करोड ५८ र सशर्त अनुदानतर्फ १३ करोड ९४ लाख बजेट पाएको छ ।

बराहक्षेत्र नगरपालिकाले सबैभन्दा बढी बजेट पाएको छ । बराहक्षेत्रले ४५ करोड ४४ लाख, त्यसपछि इनरुवा नगरपालिकाले ३६ करोड ८५ लाख, दुहवीले ३१ करोड ६३ लाख बजेट पाएको छ ।
सुनसरीका १२ वटा स्थानीय तहका लागि ३ अर्व ९५ करोड ९२ लाख बढी बजेट छुट्याएको हो । जसमा वित्तिय समानीकरणतर्फ १ अर्व ९४ करोड ८९ लाख छ भने सशर्त अनुदानतर्फ २ अर्व १ करोड ३ लाख रहेको छ । सुनसरीमा इटहरी उपमहानगरपालिकालाई वित्तिय समानीकरणतर्फ २८ करोड ३१ लाख र सशर्त अनुदानतर्फ ३० करोड ३६ लाख गरि जम्मा ५८ करोड ६७ लाख बजेट छुट्याइएको छ ।

यस्तै धरान उपमहानगरपालिकाका लागि वित्तिय समानीकरणतर्फ २८ करोड ६४ लाख र सशर्त अनुदानतर्फ ३१ करोड १३ लाख गरि जम्मा ५९ करोड ७७ लाख बजेट छुट्याइएको छ । जसअनुसार इटहरीले भन्दा धरान उपमहानगरपालिकाले १ करोड १० लाख बढी बजेट पाएको छ ।
सुनसरीका गाउँपालिकातर्फ सबैभन्दा बढी हरिनगराले २५ करोड ३४ लाख, त्यसपछि क्रमशः देवानगञ्जले २३ करोड ५५ लाख, कोशीले २३ करोड ३४ लाख, भोक्राहाले २१ करोड २७ लाख र गढीले २१ करोड २५ लाख बजेट पाएका छन् । गउँपालिकामध्ये सबैभन्दा कम बर्जूले २० करोड ९ लाख बजेट पाएको छ ।

Image may contain: house, tree, sky and outdoor

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen