सुनिल चौधरी
झुम्का,जेष्ठ १७ । रामधुनी नगरपालिकाको उत्तर पश्चिममा ग्रामिण क्षेत्रको रुपमा रहेको वडा ८ र ९ नम्बर बुधवार खुला दिशामुक्त वडा घोषणा भएको छ । दुवै वडाको संयुक्त आयोजनामा नेपाल सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले प्रमाण हस्तान्तरण गर्दै घोषणा गरिएको हो ।

वडा ८ नम्बरका वडा अधयक्ष रुद्र बहादुर बस्नेतको सभापतित्वमा भएको सो घोषणा कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष धनश्याम चौधरीले घोषणाबारे प्रतिवेदन प्रस्तुतगरेका थिए । सम्बन्धित दुवै वडामा २ हजार १ सय २१ घरधुरी छन् भने १० हजार ८ सय १९ जनसंख्या रहेको छ । प्रतिवेदन अनुसार बिभिन्न चरणको अनुगमन र लगत तथयाङ्कगरी प्रकृयामा लादै घोषणा सम्म पुगेको उल्लेख रहेको छ । ग्रामिण क्षेत्र भएकाले वडावासिहरुमा आनिबानिमा परिवर्तन र प्रत्येक घरधुरीमा सौचालय निर्माणमा समस्या संगै चुनौतीको बाबजुत यहा सम्म पुगेको वडा अध्यक्ष घनश्याम चौधरीले बताए ।

खुला दिशामुक्त घोषणा भएको वडा साबिक डुम्राहा गाबिस वडा नं. १,३,४,५ र ६ रहेको छ । यस वडामा आर्थिक अवस्था कम्जोर भएका घरपरिवारलाई सौचालय सामाग्री वडाबाटै उपलबध गराएर अभियान चलाएको वडा अध्यक्ष चौधरीले बताए । अभियान अन्तर्गत वडा स्तरीय खानेपानि सरसफाई तथा स्वच्छता समन्बय समिति गठनगरी घोषणा अभियान सम्म सफल बनायौँ र अब पुर्ण सरसफाईकालागी पनि कार्यक्रम अगाडि बढाउने वडा अध्यक्ष चौधरीले बताए ।

Image may contain: 6 people, people sitting and indoor
Image may contain: 13 people, people smiling
Image may contain: 5 people, people standing, people on stage and indoor

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen