सुनिल चौधरी
झुम्का,जेष्ठ १७ । रामधुनी नगरपालिका क्रमिक रुपमा बिकासको सिढिमा चढिरहेकाले समृद्ध रामधुनी नगर बन्ने बिश्वास जनप्रतिनिधिहरुले ब्यक्त गरेका छन् । बुधवार बधशाला उद्धघाटन कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष महेश चौधरीले बिकास क्रमिक रुपमा हुने हो, जादुको छडि जस्तो होईन भन्दै नगरमा बिकासनै नभएको अफवाह फैलाउने सामाचार आईरहेको प्रति आलोचना गर्दै सबैमा सचेतहुन अनुरोध गरेका छन् ।

बुधवार पत्रिका र फेसबुकमा रामधुनीका जनप्रतिनिधिले लाखौको सुबिधा उपभोगगरिरहेको तर नगरमा अतिआवश्यक कामहरु गर्न नसकेको सामाचार आएको थियो ।

यस किसिमका नियत बस लेखेको सामाचार नगरवासि र जनप्रतिनिधिमा मनोवल घटाउने,नगरपालिका र नगरवासिमा दुरि ल्याउने त्यास्ता सामाचार र लेख्ने प्रति सचेत हुन नगरवासिमा वडा अध्यक्ष चौधरीले अनुरोध गरेका छन् ।

गाउँ नै गाउँबाट रामधुनी नगरपालिका घोषणा भएको सबैलाई अवगतनै छ त्यसैले ग्रामिण क्षेत्रलाई पनि हेरेर नगरवासिलाई कुनै समस्या नहुनेगरी बिकास र ब्यवस्थापन हामि जनप्रतिनिधि गरीरहैकै छौ, यसमा हतार गरेर हुदैन तर नियतले नै अफवाह फैलाउने सामाचार लेखेर पत्रकारिताको मर्यादा उलङ्गघन गर्न नहुने वडा अध्यक्ष चौधरीले बताए ।

नगरपालिकाको भवन निर्माण भईरहेको छ त्याहा साधनहरु राख्न मिल्ले हुने हुदा आवश्यक साधनहरु जोहो गर्ने बताउदै यो क्रम्मबद्ध रुपमा योजनामा आईसकेको वडा अध्यक्ष चौधरीले बताउछन् । गलतमात्र देखाउनेले साकारात्म सोच राखेर पनि हेर्नु पर्ने सुझाव दिएका छन् ।
हामि जनप्रतिनिधिले अहिले बधशाला सञ्चालनमा सफल पायौ अब मासु जन्यलाई खुल्ला बिक्रिबितरण नगर्न नगराउन मिटमार्ट सेन्टर निर्मााण भै रहेको छ । ब्यवस्थापन एकैचोटि हुने होईन तर ब्यवथितनै गर्न नसकेको भन्नुले नियतले भनेको वडा अध्यष चौधरीले बताएका छन् ।

एकै पटक म्याजिक भाडोबाट निस्किएको जिन जादुगर जस्तो छु मन्तर गरेर बिकास हुने भए जनप्रतिनिधिहरु त्यसैगरेर बिकास गथ्र्यो तर जनप्रतिनिधि आममानव हो त्यसप्रकारको जिन जादु जस्तै जनप्रतिनिधिलाई सोच्ने पत्रकारले समाजमा बिकृति फैलाउने उधेश्य रहेको वडा अध्यक्ष चौधरीले बताए ।

सो कार्यक्रममा वडा अध्यक्ष चौधरीले सञ्चार माध्यमले रामधुनीका जनप्रतिनिधिलाई सोझै ठाडै रुपमा गलत देखाउने उधेश्यले होईन हौसला दिने सामाचार लेख्नु पर्ने अनुरोध गरेका छन् । साकारात्म र नाकारात्म दुवै हुन्छन् तर नाकारात्मक मात्र देख्ने पत्रकारलाई उदृत गर्दै वडा अधयक्ष चौधरीले जादु जिनको उदाहरण दिएका छन् ।

बिकास नभएको कार्यप्रति पत्रकारले देखाईदिने र सुझात्मक सामाचार लेख्नु पर्छ तर जनप्रतिनिधिलाई सोझै कमिकजोरी देखाई बेईजत गर्ने खालको हुनुहुदैन भनेर भागदगाउँका नगरवासि धुरण चौधरीले बताए । यसले द्धन्द्ध निम्तिन सक्ने उन्ले बताए । हामि पहिले गाउँमा बस्थ्यौ जस्तो लाग्थ्यो तर जनप्रतिनिधि आईसकेपछि बिकास भै रहदा वास्तवमै नगरपालिकामा बसेका छौ,जस्तो लागी रहेको नगरवासी चौधरीले धारण ब्यक्त गरेका छन् ।

स्थानिय वडा नं. १ का कन्तलाल चौधरीले जनप्रतिनिधिहरुले उदाहरणीय काम गर्दै आएको बताएका छन् । स्थानिय तहको चुनाव पछि जनप्रतिनिधिको बिशेष पहलबाट बिकासको काम चरणबद्ध रुपमा अगाडि बढि रहदा हामि नगरवासि हतोत्साहित भै हाल्नु पर्ने अवस्था नरहेको उन्ले बताए । तथापि कसैले द्धन्द्ध निम्त्याउन खोजे पनि त्यसबाट सचेत हुन स्थानिय चौधरीले बताए ।

Image may contain: Mahesh Chaudhary

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen