सुनिल चौधरी
झुम्का,जेष्ठ १७ । उपभोक्तालाई स्वस्थकरमासु उपलब्ध गराउने उधेश्यले रामधुनीको झुम्का बजारमा पशुबधशाला बुधवार उद्धघाटनगरी सञ्चालनमा ल्याएको छ । अस्वस्थकर रुपमा बधगरी खसिको मासु बिकृबितरण गर्दै आएकोमा ब्यवस्थित बनाउन नगर उपप्रमुख सबिना चौधरीले उद्धघाटनगरी सञ्चालनमा ल्याएको हो ।
रामधुनी १ नम्बर वडा अध्यक्ष महेश चौधरीको सभापतित्वमा बधशाला नगर उपप्रमुख चौधरीले उद्धघाटन गर्दै उपभोक्ता हित संरक्षण तथा बजारलाई सफा र ब्यवस्थित बनाउन बधशालाले महत्वुपुर्ण भुमिका खेल्ने बताउदै बधशालाबाट ल्याएको मासु बजारमा बिकृबितरण गर्न मासुब्यवसायीहरुलाई अनुरोध गरिन् । बधशाला सञ्चालनले नगरवासिमा स्वथ्यकरमासु खानपाउने अधिकार सुनिश्चित भएकोहुदा सबै पक्षले समब्यगरी सहयोग गर्नु पर्ने सहायक प्रशासकिय अधिकृत शिवकुमार निरौलाले बताए ।
झुम्काबधशालामा खसिलाई बेहोस बनाउने सकिङ्ग पावर,पानि तताउने हिटर,मासुलाई चिस्यानगर्ने फ्रिज लगायतका प्रबिधिहरु रहेको ठेकेदार अजय चौधरीले बताए । यसलाई प्रबिधिको पाटोमा अझै ब्यवस्थित बनाउदै लाने उन्ले भने । मासुब्यवसायीले मात्रै हैन् बिवाह भोजमा मासुखुवाउने समेतले यहाबाट सेवा लिनसकिने ठेकेदार चौधरीले बताए । सम्भवत यो खसि काट्ने बधशाला सुनसरिकै पहिलो भएको योजना प्रमुख हर्षलाल चौधरीले बताएका छन् । यहाबाट काठमाण्डौ सम्म मासु बिक्रबितरण गर्ने लक्ष्य रहेको योजना प्रमुख चौधरीले बताए ।
झुम्कामा अब्यवस्थित रुपमा बधगरी खसिकोमासु बिकृबितरण भएको र त्यसबाट फोहोर बढेको भन्दै जनगुनासो खेप्दै आएका नगरपालिकाले जनप्रतिनिधि आएदेखि बधशाला निर्माणलाई तिब्रता दिदै सञ्चालनमा सम्भव भएको कार्यक्रममा उपस्थित स्थानियहरुले बताएका छन् । यो कार्य जनप्रनिधिले गरेको नगर बिकासमा उपलब्धिमुलक भएको स्थानिय तथा बुद्धिजिवि झनक बहादुर कार्किले बताए । बधशाला सञ्चालनले नगरमा बिकासको अनुभुति भएको स्थानिय देबिलाल चौधरीले बताए । जनप्रतिनिधिहरुको यो काम उपलब्धि मुलक भएको भन्दै स्थानिय देविलाल चौधरीले नगरमा यसबाट सबैले लाभ लिन सके नगरलाई पुर्ण सरसफाई बनाउन सकिने बताए ।