सुनिल चौधरी
झुम्का,जेष्ठ १५ । रामधुनी वडा नंं ५ का अपाङ्गता भएकाहरुलाई ब्यबसायीक बन्न सोमवार बिउपुजि उपलबध गराएको छ । नेपाल अपाङ्गता संरक्षण समितिको आयोजनामा नगर उप प्रमुख सबिना चौधरीले ४ जना अपाङ्गता भएकाहरुलाई रु १० हजारका दरले ब्यवसाय सञ्चालन गर्नकालागी बिउपुजि बितरण गरेको हो ।
उपलब्ध भएको पुजिलाई सम्बन्धित क्षेत्रमा लगाई फाईदा लिनसके यो कार्यक्रम उपलब्धि मुलकहुने उप प्रमुख चौधरीले बताउदै अपाङ्गता संरक्षणकालागी आगामी आर्थिक बर्षमा प्रत्यक्ष लाभहुने कार्यक्रम ल्याउने बताउनु भयो । पुजिकालागी संरक्षण समितिबाट मासिक १२ प्रतिशत ब्याजमा उपलब्ध गराउदा बिउपुजि लिने ब्यक्ति र संस्थालाई पनि फाईदा हुने भएकोले समितिमा बचत गर्दै आएका सदस्यहरुलाई उपलब्धगराएको अध्यक्ष राजेन्द्र सरदारले बताए । संस्थाबाट कन्चन चौधरी,,फुलमाया राय,सकुन्तला कार्की,अनिता नेपाललाई उपलबध गराएको अध्यक्ष सरदारले बताए ।
त्यसैगरी कार्यक्रममा राजु सरदारलाई शैक्षिक सामाग्री हस्तान्तरण समेत गरेको छ । अपाङ्गता भएका बिध्यार्थिलाई सो शैक्षिक सामाग्रीमा ब्याग,कपि,कलम हस्तान्तरण गरेका हुन् । सो बितरण कार्यक्रममा डिल्ली कार्की,वडा सचिव संकर तिम्सिना,वडा सदस्य नरेश फुयाल,थारु महिला उत्थान समाजकी अध्यक्ष सिता चौधरीले मनतब्य दिदै अपाङ्गता भएकाहरुलाई राज्यबाट बिशेष प्रत्यक्ष सहयोग हुनेखालका कार्यक्रम सञ्चालन हुनुपर्ने जोड दिएका थिए ।








