सुनिल चौधरी
झुम्का,जेष्ठ १४ । रामधुनीको सिंगीया स्थित रहेको श्री जनता माध्यमिक बिध्यालयका शिक्षकले एक बिध्यार्थिलाई खुट्टा भाचिनेगरी कुटेको बिरोध गर्दै सोमवार पिडितपरिवार सहित स्थानियवासीहरु बिध्यालयलाई घेराउ गरेका छन् । बिध्यालयका सह प्रध्यापक देवनारायण चौधरीले कक्षा ७ मा अध्यनरत छात्र बिध्यार्थि निखिल चौधरीलाई कुट्दा खुट्टाको गोलिगाँठो खुस्किएर घाईतेहुदा आर्कोसित पिडितपरिवार र स्थानियले घेराउगरी नरावाजि गर्दै क्षतिपुर्तिको माग गरेको छ ।

बिध्यार्थि चौधरीको खुट्टा भाचिदा अहिले प्लास्टर गरीएको छ । खुट्टा सुन्निएपछि आमा बुधनी चौधरीले उनलाई सोद्दा घटना बारे थाहापाएको हो । सुक्रवार बिध्यालय छुट्टि भएपछि पिडित चौधरी सिंगीया चौकमा युवा युवा बिच भएको ग्याङ्ग फाईटमा सामेल भएको भन्दै सह प्रध्यापक चौधरीले आरोपका आधारमा खुट्टा भाच्चिनेगरी कुटेको स्थानियहरुको भनाईरहेको छ । बिध्यालय बाहिर भएको झगडामा आफु नरहेको पिडित बिध्यार्थिले दाबी गरेको छ । कसैले मेरो नाम पनि जोडेर सरलाई सुनाई दिए पछि मलाई कुटेको भन्ने उन्नले जानकारी दिएको हो । घेराउ गर्न पुगेका एक स्थानियका अनुसार सहप्रध्यापकले पहिले देखिनै बिध्यार्थिलाई यसरीनै कुट्दा हात भाच्ने,कानको जालि फुटेको बताए । बिध्यार्थिलाई डर देखाउने कुट्ने गरेकोले पिडक चौधरी टाईगर सरले समेत चिनिने गरेको एक स्थानियले बताए । पिडितका आमा बुधनीले छोरालाई उपचार,पढाई छुट्ने भएकोले त्यसको लागी आवश्यक ब्यवस्थापन र आबदेखि यस्तो कार्य बिध्यार्थिमा नहोस भनेर माग राखेकी छन् ।

यता सह प्रध्यापक चौधरीले आफनो गल्ती स्विकार गरेका छन् । हाम्रो बिध्यार्थि कुनै झै झगडामा सामेल नहोस भनेर सम्झाउने क्रम्मा घटना हुन गएको भन्दै पिडित बिध्यार्थिलाई उपचार लगायत पढाईमा छुटेका कुरालाई सिकाउनेगरी जिम्मेवारी लिने बताएका छन् । झै झगडामा निखिल चौधरी पनि गएकाले उन्लाई सम्झाउने उधेश्यले साधारण कुट्दा त्यो घटना घटेको शिक्षक चौधरीले बताए । यो कुनै नियतबसले गरेको होईन शिक्षक चौधरीले बताए । शिक्षक चौधरीका अनुसार शिक्षण पेशामा आबद्ध भएको ३० बर्ष भयो यो एउटा घटना भयो बिध्यालयमा पढाई र बिध्यार्थिलाई अनुसासिशत बनाउने उधेश्यले सम्झाउन खोज्दा यस्तो घटना हुन गएको बताए ।

Image may contain: 1 person, sitting
LikeShow more reactions

Comment

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen