सुनिल चौधरी
झुम्का,जेष्ठ ९ । रामधुनीको डुम्राहामा बुधवार स्वस्थय शिविर सम्पन्न भएको छ । किसान कल्याण बचत तथा ऋण सहकारी संस्था ईटहरीले बिभिन्न रोग सम्बन्धि परिक्षणकालागी रामधुनी वडा नं. ९ स्थित शनिचरे माबिमा निशुल्क स्वस्थय परिक्षणको आयोजना गरेको हो ।
बिराट मेडिकल टिचिङ्ग हस्पिटल बिराटनगरको प्राबिधिक सहयोगमा हाडजोर्नि जेनरल मेडिसिन,स्त्रिरोग,रेडियोलोजिस्ट,भिडियो एक्सरे,दन्त रोग सम्बन्धि बिशेषज्ञहरुले परिक्षण गरेका थिए । परिक्षणबाट बिशेषगरी स्त्रिरोग सम्बन्धि महिलामा पाठेघरको समस्य देखिएको बताएको छ । त्यसैगरी धेरैमा हाडजोर्निको समस्या देखिएको बिशेषज्ञ टोलिका प्रमुख कृष्ण कडेलले बताए । रोग देखिएका बिरामिहरुलाई सो मेडिकलमा सहुलियतदरमा उपचारगरिने समेत कडेलले बताए ।
सहकारीका अध्यक्ष शालिकराम ढकालको सभापतित्वमा रामधुनीनगरका नगर प्रमुख जयप्रकास चौधरीको प्रमुख आतिथ्यतामा शिविर उद्धघाटन गरिएको थियो । सो शिविरबाट २ सय २५ जनाले सेवा लिएका थिए । शिविरउद्धघाटनमा वडा नं. ८ का वडा अध्यष रुद्रबस्नेत,वडा नं. ९ का घनश्याम चौधरी,त्यसैगरी कालिप्रसाद सापकोटा,एस ओ एस बालग्रामका निर्दैशस डिसि चौधरीको उपस्थिती रहेको थियो ।
