सुनिल चौधरी
झुम्का,जेष्ठ ८ । नगरकार्यपालिकाले ल्याएको योजना तथा निति,नियममा एकल निर्णयगरी राजनितिकरण भएको रामधुनी नगरका सामाजिक अभियान्ताहरुले गुनासो गरेका छन् । स्थानिय तहमा जनप्रतिनिधिहरु आएदेखि नगरको योजना बनाउने क्रम्मा लक्षितबर्गलाई सहभागीता नगराई आफुखुसि जनप्रतिनिधिहरुले सबै बजेट भौतिक पुर्वाधारमा मात्र लगाएको भन्दै लक्षितबर्गका संघ संस्थाका प्रतिनिधिहरुले गुनासो गर्दै एकल निर्णय भएको बताएका हुन् । भौतिक पुर्वाधार केन्द्रितले समाजमा जनचेतनाका कार्यक्रम अगाडिबढ्न नसक्दा समाजमा अपराधजन्य घटना न्युनिकरण हुन नसकेको अन्तरकृयामा छलफल भएको हो ।

वल्र्ड भिजनको सहयोगमा युथक्रिएशन सुनसरीले मंगलवार झुम्कामा गरेको समतामुलक समाज निर्माण गर्न सरोकारवालाहरुको भुमिका सम्बन्धि अन्तकृया कार्यक्रममा सहभागीहरुले सो गुनासो गरेका छन् । सो कार्यक्रममा स्थानिय तहमा हुने हानिकारक अभ्यासको अन्तय तथा लंैगिक सहभागीताको छलफल गर्ने क्रम्मा नगर बालसञ्जालका प्रतिनिधिहरुले नगरपालिकाले योजना तथा नितिनियम बनाउने क्रम्मा सहभागी नगराएको बताएका छन् । जनप्रतिनिधि आउनु भन्दापहिले भने नगरको योजना बनाउदा सहभागी गराउदै आएको थियो तर अहिले त्यस्तो अवस्था नरहेको बालसञ्जालका प्रतिनिधिहरुले गुनासो गरे । रेडक्रस उपशाखा झुम्काका अध्यक्ष ईश्वर घिमिरेले योजना बनाउने क्रम्मा जनप्रतिनिधिहरुको निर्णयलेमात्र हैन सर्वपक्षिय सहमतिले योजना छनौटगरी रकम बिनियोजनगर्नु पर्ने बताए ।

तयसैगरी इलाका प्रहरीकार्यालय पकलीका प्रहरी प्रनितिधि उमेश केसिले समाजमा धर्म,जातिय,बर्गीय बिभेदले अपराधजन्य घटना भईरहेको बताए । प्रहरीमा आएको उजुरी अनुसार मुस्लिम हिन्दुमा हुने बिभेद,अन्तरजातिय विवाह,धनि घरकी केटिले गरीब घरका केटासंग प्रेम बिवाह गर्न खोज्दा केटि पक्षकाले मुद्धा लगाई दिने गरेको कारणले समतामुलक समाज निर्माण गर्नमा कठिनाई भईरहेको प्रहरी केसिले बताए । समाजमा अपराध गर्नेलाई कडासाजायको भागीदार बनाए मात्र अपराध घट्ने धारणा नगर आदिवासि जनजाति महासंघका अध्यक्ष राजकुमार चौधरीले ब्यक्त गरेका छन् ।

युथक्रिएशनका सदस्य संदिप गौतमको अधयक्षतामा सो छलफलमा नगरप्रमुख जयप्रकास चौधरीको प्रमुख आतिथ्यतामा सुरु भएको थियो । कार्यक्रमको उद्धघाटन सकेर नगरप्रमुख चौधरी अन्तरकृयामा अनुपस्थित प्रति सहभागीहरुबाट भने गुनासो आएको थियो । छलफलमा राखेकाकुराहरु नगरप्रमुखले सुन्नुपर्ने थिया,े भन्दै नगरप्रमुखको अनुपस्थितमा सहभागीहरुहरुले गुनासो गरेका हुन् ।

कार्यक्रंममा नेपाल बारएसोसिएशन सुनसरीका पुर्व उपाध्यक्ष बिरेन्द्र बस्नेतले कानुनी प्रकृया र ब्यवस्थाको बारेमा सहजीकरण गरेका थिए । अन्तकृयामा रामधुनी नगरकार्यपालिकाको सदस्य,नगर महिला संजाल,संघसंस्था,स्वस्थय चौकी,धार्मिक संगठनका उपस्थित प्रतिनिधिहरुले नेपाल संबिधानले बर्जितगरेको हानिकारक अभ्यासहरु बालबिवाह,बहुबिवाह,जातियबिभिेद लगायत सबैप्रकारको अपराध अन्तयगर्न र कानुन कार्यान्वयनमा आ–आफनो क्षेत्रबाट सक्रिय योगदान गर्ने प्रतिबद्धता जनाउदै पत्रमा हस्ताक्षर गरेका थिए ।

Image may contain: 3 people, people sitting and indoor
Image may contain: 3 people, people sitting and indoor
Image may contain: 2 people, people sitting and indoor

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen