सुनिल चौधरी
ईटहरी,बैशाख ३१ । ऐतिहासिक तथा पौराणिक धरोहर संरक्षण गर्न खोज्दा ईटहरीका ग्रामथान संरक्षण समितिका अगुवाहरुमाथि अगुवाहरुमाथि मुद्धा परेको छ । ईटहरी ८ स्थित टेग्राटोलीमा धेरै पहिले देखिनै ग्रामथान,भुमिघर लगायत पानिघट्ट,जितियाघाट,पोखरी रहेकोमा त्यसलाई स्थानियहरुले ब्यवस्थापन गर्नखोज्दा जग्गा भुमाफियाहरुले ४ जना थारु अगुवाहरु माथि मुद्धा लगाएको ग्रामथान संरक्षण समितिका अध्यक्ष झुमा चौधरीले जानकारी दिए ।
मुद्धा झुमा चौधरी,जानुका चौधरी,साबित्रा चौधरी र पनालाल चौधरीलाई बिपक्षि बनाई मुद्धा लगाएको हो । सो ग्रामथानमा असारको पुर्णिमा र मंसिरको पुर्णिमामा पुजाआजा गर्दै आएको छ भने,जितियाघाट तथा पोखरीमा जितिया पर्वको बेला पुजापाठ गदैआएको स्थानियहरुले बताएका छन् ।
ब्यक्तिगत स्वामित्वमा रहेको १ कठा जग्गाको पश्चिममा बाटो रहेको छ । सो बाटोको प्रकृया सबै पुर्याई नम्मबरी जग्गा र बाटो बिचमा रहेको सार्वजानिक ५ कठा जग्गामा चर्चेको ग्रामथान,भुमिघर,जितियाघाट रहेको छ । वडा कार्यालयले पनि जितियाघाट धेरै पहिले देखिनै सञ्चालनमा रहेको सिफारिस गरेको छ । बर्षौ देखि पनि सो टोलका थारुहरुले त्याहा पुजापाठगरी प्रयोगमा ल्याउदै आएका छन् ।
यता जग्गावालाले बाटो भोग चलन गर्न पाउनुपर्ने भन्दै पोखरीलाई ब्यवस्थित नगर्न नगराउन र मेरो जग्गा अगाडी पोखरी खन्न नपाउने सो सार्वजानिक जग्गालाई भोगचलन गर्न पाउनु पर्ने भनि सम्मानित श्री सुनसरी जिल्ला अदालतमा मुद्धा रिट दिएको छ । यतिमात्र हैन, ग्रामथान र भुमिघर समेत हटाउनकालागी भुमाफियाहरुले गुण्डा लगाएर धम्कि दिईरहेको साबित्रा चौधरीको भनाई रहेको छ ।
सम्मानित श्री सुनसरी जिल्ला अदालतमा मुद्धा दिनेलाई बिपक्षी बनाई चारै जनाले लिखित जवाफ फर्काउने तयारी गरेको छ । परेको मुद्धा अनुसार पोखरी खन्न लागेको झुठा बनावटि भएको साबित्रा चौधरीले बताईन् । ऐतिहासिक रुपमा रहेको सार्वजानिक पोखरीले बाटोलाई कुनै अबरोध तथा असर नपारेको भन्दै बिपक्षिले भुमाफिया संग मिलेर ऐतिहासिक सार्वजानिक पोखरी तथा ग्रामथान मासेर जग्गाको क्षेत्रफल बढाउने मनसाय रहेको चौधरीले दाबि गरेकी छिन् ।
नेपालको तराईमा थारुहरुको मात्रै बसोवास हुदाखेरिदेखिनै गाउँ,घरपरिवार, बालबच्चा,खेत खलिहान,बालि,बिरुवामा कुनै अनिष्ट नआओस भन्दै प्रकृतिलाई पुजा गर्न स्थान बनाईन्थ्यो त्यो स्थानमा सधै पुजा अर्चनागरी कामना गथ्र्यो । हाल सम्म पनि थारुहरुको गाउँ टोल बाहिर मान्दै आएका ग्रामथानहरु रहेका छन् । त्यसैगरी थारु महिलाहरुले गर्ने ठुलो पर्व जितियामा गाउँ नजिकै नदि तलाउमा पुजाँ पाठगरी मनाउने चलन रहिआएको छ । कुनै टोल नजिक नदि पोखरी भए त्यसलाई संरक्षणगरी पर्व मनाईन्थ्यो । यसरीनै ईटहरीको टेग्राटोलीमा पोखरी,जितियाघाट धेरै पहिले देखिनै रहेको हुदा सो ऐतिहासिक धरोहरलाई ब्यवस्थापन गर्न लाग्दा उनीहरुमाथि झुठा आरोपमा मुद्धा लगाईएको कानुन ब्यसायी रामराज चौधरीले बताए । संबिधान देखि लिएर स्थानिय तहमा समेत पौराणिक धरोहरलाई संरक्षण गर्ने स्पष्ट निति नहुदा यो समस्या भइरहेको कानुन ब्यवसायी चौधरीले बताए ।
आदिवासीहरुले पहिले देखिनै धार्मिक आस्थाले मान्दै आएको सार्वजानि जग्गामा स्थापित ग्रामथानहरु ईटहरीमा बढि प्रभाबित भईरहेको थारु महिला सभा जिल्ला कार्यसमितिका सभापति सुसिला चौधरीले बताईन् । ईटहरी ६ बजारमै रहेको ग्रामथान पनि संकटमा परेको बताएकी छन् । ईटहरीमा मात्रै हैन पुर्वमा प्राय ग्रामथान अतिक्रमणमापरी बिस्थापित बन्दै गएकाले तत्कालै संरक्षणकालागी राज्य तथा स्थानिय तहबाट स्पष्ट धारणासहित ऐन कानुन,निति,नियम लागु हुनुपर्ने सभापति चौधरीले माग गरिन् ।

