सुनिल चौधरी
झुम्का,बैशाख ३० । रामधुनी ५ स्थित रहेको सिटिमार्ट डिपार्टमेन्ट स्टोरले आयोजना गरेको पुरस्कार बितरण र सांगितीक कार्यक्रममा गायक प्रमोद खरेलले आफनो प्रस्तुती दिदै झुम्काका दर्शक र स्रोतालाई नचाएको छ । खरेलले आफनो चर्चित गीत ‘ओई झुमा झुम्कावाली ’ गीत गाउदा सबै दर्शकहरुले कम्मर मरकाउदै गायक खरेललाई साथ दिएका थिए । दर्शको उपस्थिती र उत्साहले यो गीत दुई चोटि गाउन भ्याएका थिए । सबै दर्शकले वान्समोर भन्न थालेपछि पुनः यो गीत गाएर बिदा भएका थिए ।
कार्यक्रममा आउन साथ दर्शकहरुको उपस्थिती र स्वागतले खरेल पनि उत्साहित हुदै गीतहरुमा झुम्का शब्द जोडेर गाएका थिए । पहिलो प्रस्तुतीमा खरेलले ‘माया गर्ने मुटुले हो निधारले होईन’ …..त्यसपछि क्रमस ‘चल बतास चलचल अझै बेगले चल’……यसमा गीतगाउदै बतास झुम्का तिरै चल जोडदै दर्शलाई नचाए । त्यसैगरी ‘म बिना कसै कसैलाई मुस्किल छ पोखरामा’…… यो चर्चित गीतमा पनि झुम्कामा जोडेका थिए । लागी लागी चोखो माया तिमै लागी लगायतका ६ वटा गीत गाउदा रामधुनीमा दर्शको राम्रै साथ पाएपछि खरेलले गाउने क्रम्मा आफु पहिलो पटक झुम्कामा प्रस्तुती दिदा धेरै खुसि भएको बताए । अर्को पटक पनि बोलाउन अनुरोध गर्दै दुई घण्टा प्रस्तुती राख्ने बताएका थिए । त्यसतै स्थापित हुदै गएका स्थानिय गायक अमृता श्रेष्ठ,अनुसा नेपाल,अनुमा चौधरी,सुनिल चौधरीको प्रस्तुती तथा स्थानिय कलाकारहरुको नृत्यले कार्यक्रम भब्य भएको थियो ।
डिपार्टमेन्ट सञ्चालन भएदेखि दुईहजारको सामान खदि गरीएका अर्धकट्टि अनुसार प्रथम पुरस्कार स्कुटर रामधुनी ५ निवासि शिवु सुनुवारलाई गएको छ । सुरुमै निकालिएको नम्बर ५३६४ ले प्रथम पुरस्कार पं्राप्त गरेको हो । ३२ ईन्चको एल ईडि टिभि दोस्रो पुरस्कार ५४२६ नम्बर भएको ईटहरी १७ की मिन्सु राईलाई प्राप्त भएको छ भने तेस्रो पुरस्कार भ्यकु क्लिनर रामधुनी ५ की ५७६४ नम्बरको अंक संजु लिम्बुलाई गएको छ ।
डिपार्टमेन्ट स्टोरका अध्यक्ष पुष्प अधिकारीको सभापतित्वमा भएको औपचारिताबाट सुरुवात भएको सो कार्यक्रम्मा नगरप्रमुख जयप्रकास चौधरीको उपस्थिती रहेको थियो । डिपार्टमेन्ट स्टोर रामधुनीमा खुलिरहेको हुदा बजार बिस्तारकालागी उपलब्धिमुलक कार्य भएको बताउनु भयो । कार्यक्रम अवधिभर सिटिमार्ट डिपार्टमेन्ट स्टोरको प्रायोजकमा रेडियो रामधुनी ९१.९ मेगाहर्जले प्रत्यक्ष प्रसारण गरेको थियो । उदेघोषणमा रेडियो रामधुनीका आरजे नबिन चौधरी र तुलसि खडकाले समन्बय गरेका थिए ।
