सुनिल चौधरी
झुम्का,बैशाख २५ । सम्भावित घटनाबाट हुने दुर्घटनालाई प्राथमिक उपचारकालागी बिध्यार्थिहरुलाई मंगलवार तालिम गराएको छ । मे ८ तारिखमा मनाउने विश्व रेडक्रश दिवसको अवसरमा नेपाल रेडक्रश सोसाईटी जिल्ला शाखा सुनसरीले रामधुनी ५ स्थित रहेको लर्डबुद्ध ईन्टरनेशनल बिध्यालयका बिध्यार्थिहरुलाई एक दिवसिय तालिम दिएको हो ।

शाखा सुनसरीबाट आएका सहजकर्ताद्धय बिवेक चापागाई र सुजाता अधिकारीले घटना घटेपछि दुर्घटनामा परेकालाई तत्कालै गरिने प्राथमिक उपचारका उपायहरुको बारेमा जानकारी तथा अभ्यास गराएका थिए । बिध्यालयका प्रिन्सिपल हरीराय माझिको सभापतित्वमा प्रमुख अतिथी रेडक्रश झुम्का उपशाखाका अध्यक्ष ईश्वर घिमिरेले बिध्यालयमा गठित जुनियर युवा रेडक्रश सर्कलका बिध्यार्थि पदाधिकारीहरुलाई पदस्थापन समेत गरिएको छ ।

‘बिध्यालय स्तरबाटै रेडक्रश सोसाईटि गठन भएकोमा यस बिध्यालयका बिध्यार्थिहरुमा दुर्घटनाको दृष्टिले सचेत हुने’ घिमिरेले भने, तालिमबाट सिकेका उपायहरुबाट अरुलाईपनि तत्कालै प्राथमिक उपचार दिएर ठुलो दुर्घटनाबाट बचाउ सकिने बताए ।

रेडक्रश सर्कलमा सुजल साह (सभापति),प्रकाश चौधरी(उप सभापति),सर्वेस न्यौपाने(सचिव),एलसन बस्नेत(सहसचिव),निलम बस्नेत(कोषध्यक्ष) तथा समितिका सदस्यहरुमा आदित्यकिरण आचार्य,बिजिन श्रेष्ठ,क्रिसस्व पोख्रेल र शिक्षक नायक माधव प्रसाद दाहाललाई पदस्थापन गर्दै प्रमाण पत्र हस्तान्तरण गरिएको छ ।

Image may contain: 5 people, people standing and indoor

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen