सुनिल चौधरी
झुम्का,बैशाख २४ । महिला र किशोरी लक्षितगरी सोमवार झुम्कामा प्रजनन स्वस्थय सम्बन्धि एक दिवसिय अभिमुखिकरण सम्पन्न भएको छ । रामधुनी १ वडा कार्यालयको सहयोगमा नेपाल परिवार नियोजन संघ सुनसरी शाखाले प्रजनन स्वास्थ्य सम्बन्धि बिषयमा जानकारी गराएको हो ।
प्रजनन स्वास्थ्य अन्तर्गत बिरामी वा रोगबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक दृष्टिकोणबाट पूर्णरुपमा स्वस्थ्य रहनुपर्ने साथै प्रजनन प्रणाली, यससको कार्य र प्रजनन प्रक्रियाको सन्दर्भमा निरोगी रहनु पर्ने त्यसतै मानिस प्रजनन रुपमा पुर्ण स्वास्थ हुनका लागि उसमा प्रजनन अंगहरु ठीक,सबल हुनुमात्र नभई प्रजनन तथा यौन सम्बन्धित मानसिकता, दृश्टिकोण,अवधारणा, सोच आदि पनि साकारात्मक आवश्यक्ताको सम्बन्धमा जानकारी गराईएको छ ।
वडा कार्यसमितिले महिला लक्षित कार्यक्रमले नेतृत्व बिकास संगै सुरक्षित मातृत्व प्रदान गर्ने उधेश्यले कार्यक्रमको आयोजना गरीएको वडा अध्यक्ष महेश चौधरीले बताए । यस भन्दा पहिले वडा कार्यलयकै सहयोगमा उत्थान समाजको समन्बयमा महिला नेतृत्व बिकास तालिमको आयोजना गरीएको थियो । त्यसैगरी महिला संघ संस्थालाई सहज कार्यसञ्चालनकालागी कार्यालय सामाग्रीपनि हस्तान्तरण गरीएको वडा अध्यक्ष चौधरीले जानकारी दिएका छन् ।
सो उद्धघाटन कार्यक्रममा नगरप्रमुख जयप्रकास चौधरी,उपप्रमुख सबिना चौधरी,प्रशासकिय अधिकृत ओमकार प्रसाद न्यौपाने,योजना प्रमुख हर्षलाल चौधरी,वडा सदस्य देवराज पोख्रेल,उमा थरुनी त्यस्तै थारु महिला उत्थान समाज रामधुनीकी अध्यक्ष सिता चौधरीले प्रजनन स्वथ्य अधिकार सम्बन्धि अभिमुखिकरणले समयमा स्वस्थ्य सर्तक अपनाउन सकिनेमा जोडदिदै मन्तब्य दिएका थिए ।


