सुनिल चौधरी
झुम्का,बैशाख २४ । रामधुनी नगरपालिकाले स्थानिय राजपत्र प्रकाशित गरेको छ । स्थानिय सरकारको हैसियत प्राप्त गरेपछि रामधुनी नगरपालिकाले पहिलो पटकको २१ बुद्धा उल्लेखित ऐन,कानुन सहित पाँच बर्षे दिर्घकालिन आवधिक र उद्यम नगर बिकास योजना तथा बजेट सार्वजानिक गरेको हो ।

नेपालको संबिधान तथा स्थानिय सरकार सञ्चालन ऐन,२०७४ को दफा १०२ को उपदफा (३) बमोजिम स्थानिय तहले बनाएको ऐन नियमहरु राजपत्रमा प्रकाशित गरेपछि कार्यन्वयन हुने भएकोले दोस्रो नगर सभाबाट भाग २ सम्म पास गरीएको रामधुनी नगरपालिकाका नगर प्रमुख जय प्रकास चौधरी,उप प्रमुख सबिना चौधरी,प्रशासकिय अधिकृत ओमकार प्रसाद न्यौपाने प्रस्तुत गर्दै जानकारी गराएका हुन् ।

नगर प्रमुख चौधरीबाट प्रमाणीकरण गरिएका ती ऐन, नियमावली नगरवासी लगायत सम्बद्ध सबैको जानकारीका लागि राजपत्रमा प्रकाशित गरिएको हो । भाग १ मा ऐन तथा सभाका नियमहरु र भाग २ मा नियमावली,निर्दैशिका,कार्यबिधि मापदण्ड तथा नेपाल सरकार, प्रदेश सरकार तथा अर्को स्थानिय तहसंग भएको सम्झौताको ब्यहोरा प्रकाशन गरीएको छ । नगरसभाको मिति २०७४।१२।१५ मा बसेको बैठकको निर्णयले यो कार्यबिधि स्वीकृतगरी मिति २०७४।१२।२८ गतेबाट लागु गरेको प्रशासकिय अधिकृत न्यौपाने बताए ।

संबिधानको धारा २८८ को उपधारा(२) बमोजिम रामधुनीको प्रथम नगरसभाले बनाएको ऐन दोस्रो नगरसभाबाट पास गरेको हो । रामधुनीको राजपत्रमा उल्लेखित ऐन अनुसार भाग १ मा आर्थिक ऐन २०७४,स्थानिय तहको बिनियोजन ऐन२०७४,आर्थिक कार्यबिधि नियमित तथा ब्यस्थित ऐन२०७४,न्यायिक समितिले उजुरी कार्वाहि किनारा गर्दा अपनाउनु पर्ने कार्यबिधिका सम्बन्धमा ब्यवस्था ऐन २०७४,प्रसासकिय कार्यबिधि नियमित गर्ने ऐन २०७४,सहकारी ऐन२०७४,कृषि तथा पशु ब्यवसाय संचालन तथा प्रवद्र्धन ऐन २०७४ राजपत्रमा प्रकाशित गरीएको छ ।

त्यसैगरी भाग २ मा कार्यपालिका कार्य सम्पादन नियमावली२०७४, पदाधिकारीहरुको आचार संहिता २०७४,बैठक संचालन संबन्धि कार्यबिधि २०७४,नगर कार्यपालिका कार्य बिभाजन नियमावलि२०७४, एफ.एम रेडियो ब्यवस्थापन तथा संचालन कार्यबिधि२०७४,मर्मत सम्भार कोष निर्दैशिका२०७४,बिपत जोखिम कोष संचालन निर्दैशिका२०७४, बालकोष संचालन निदैर्शिका२०७४,नगर सभा सञ्चालन कार्यबिधि२०७४,शिक्षा सम्बन्धि एकिकृत कार्यबिधि २०७४,”घ” बर्गको निर्माण ब्यवसायी ईजाजत पत्र कार्यबिधि २०७४,स्थानिय उपभोक्ता समिति गठन२०७४, परिचालन तथा ब्यवस्थापन कार्यबिधि२०७४,करारमा प्राबिधिक कर्मचारी ब्यवस्थापन गर्ने कार्यबिधि २०७४ राजपत्रमा उल्लेख गरेको छ । सार्वजानिक गरेको ऐन कानुन,निर्दैशिका,नियमावली बिस्तृत जानकारी रामधुनी नगरपालिकाको वेबसाईडमा पनि राखिने प्रशासकिय अधिकृत न्यौपानेले बताए ।

ब्यवसायीक कृषि पर्यटन र उद्यम सहितको सहर,स्वथ्य संस्कृत र प्रबिधिमा अधारित समृद नगरको दिर्घकालिन सोच लिएर पाच बर्षको बिषयगत लगानी सहित ७ अर्ब ७४ करोड ३६ लाखको बजेट बिनियोज गरेको छ । नगरले एकिकृत पर्यटन गुरु योजना तयार गर्न लागेको सामाजिक बिकास शाखा प्रमुख हर्षलाल चौधरीले जानकारी दिएको छ ।
राजपत्रमा उल्लेखित स्थानिय तह सम्बन्धि ऐन,नियम,नियमावलि, निदैशिका एकप्रति नेपाल पत्रकार महासंघ सुनसरी शाखालाई उपलब्ध गराईएको छ । नगर प्रमुख चौधरीले पत्रकार महासंघ शाखा जिल्ला कार्यसमिति सदस्य सुनिल चौधरीलाई हस्तान्तरण गरीएको हो ।

Image may contain: 3 people, people sitting, table and indoor

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen