सुनिल चौधरी
झुम्का,बैशाख २३ । उद्यमि बनाउने उधेश्यले थारु महिला सभा ईटहरी १५ वडा कार्य समितिको आयोजना मुढा बुनाई तालिम सनिवार समपन्न गरेको छ । ग्रमिण महिलाहरुलाई स्वरोजगारकालागी बाँसको मुढा बनाउने सिप वडा कार्यलयको सहयोगमा सभाले एकम्बा स्थित संयुक्त वडाकार्य समितिको सभाहलमा सात दिन सिकाउदै सम्पन्न गरेको नगर सभा सचिव लक्ष्मि चौधरीले जानकारी दिईन् ।

ईटहरी उपमहानगरपालिकाकी उप मेयर लक्षमी गौतमले समापन कार्यक्रममा तालिममा सहभागीहरुलाई तालिमबाट उद्यमि बन्न सके उपमहानगरपालिकाले पनि सहयोगरिने प्रतिबद्धता जनाउनु भयो । तालिम लिएर घरमै केहि नगरी त्यतिकै बस्यो भने तालिमको उपलब्धि गुम्ने भन्दै सामुहिक रुपमा संगठित भई मुढा बनाउने ब्यवसाय गरे ब्यवसाय प्रवद्र्धन बजेट उपलब्ध गराई सहयोग गर्ने उप मेयर गौतमले बताउनु भयो ।

तालिममा ७ दिन मेघनाथ घिमिरेले सहजीकरण गर्दै करिब १५ जना सहभागीलाई मुढा बनाउने सिप सिकाएका छन् । तालिममा महिलाहरुको उपस्थिती रहेको थियो । उनीहरु समापन कार्यक्रममा २२ वटा मुढा बनाएर प्रदर्शन गरेका थिए । सिप सिकेर घरपरिवारमा थप आम्दानीको जोहो गर्ने बाटो खुलेको सुमित्रा चौधरीले बताईन् । श्रीमानले परिवारमा ब्यवहार चलाई रहेकाले, म पनि यसबाट उद्यमि बनेर थप आयआर्जनगरी सहयोग हुने र परिवार खुसि रहने तालिममा सहभागी भएकी चौधरीले बिश्वास ब्यक्त गरीन् ।

महिलाहरु स्वरोजगार भएर आफनै खुट्टामा उभिन सके समाजमा भईरहेको महिला हिंसा न्युनिकरण हुने धारण अतिथीहरुले ब्यक्त गरेका छन् । महिलाहरु अरुकै भरमा बाच्नु पर्ने बाध्यत्मक परम्पराले महिलाहरु घरेलु हिंसाको चपेटामा परे संगै अपराध जन्य घटनाहरु भईरहेकाले महिलाहरुलाई यो सिप क्षमताले महिला हिंसाका घटना न्युनिकरण हुने धारणा ब्यक्त गरिन् । सभा वडा अध्यक्ष बिरेन्द्र चौधरीको सभापत्विमा भएको समापन कार्यक्रममा कार्यकारी वडा अध्यक्ष सुबोध चौधरी,वडा सचिव गोपाल चौधरी,थारु कल्याण कारीणी सभाकी केन्द्रिय सदस्य उर्मिला चौधरी,थारु महिला सभा जिल्ला सचिव सुसिला लेखि,सहसचिव ममता चौधरी लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।

Image may contain: 12 people, people sitting and indoor

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen