सुनिल चौधरी
झुम्का,बैशाख २१ । धार्मिक आस्थाले प्रसिद्ध रहेको रामधुनी र बराहक्षेत्र मन्दिरलाई पर्यटन बिकासकालागी झुम्कामा रामधुनी नगरकै पहिचान झल्किने प्रवेसद्धार निर्माण गर्न लागेको छ । रामधुनी नगरपालिका र लायन्स क्लव अफ रामधुनीको संयुक्त सहकार्यमा बन्नलागेको प्रवेसद्धार नगर प्रमुख जयप्रकास चौधरीले सुक्रवार शिल्यानास गरेका हन् ।

पर्यटकीय उन्मुख रामधुनी र बराक्षेत्र मन्दिर पुग्नकालागी मुख्य बाटोको रुपमा रामधुनीको झुम्का हुदै सुनसरी मोरंग सिचाई नहरको बाटो रहेकाले वडा नं. ५ स्थित राजमार्ग छेउ पश्चिम नहर बाटोमा बनाउन लागेको हो । रामधुनी मन्दिर झुम्काको पश्चिम दक्षिणमा रहेको करिब ७ किलोमिटर बाटोको दुरी रहेको छ ।

बराहक्षेत्र मन्दिर नहरकोबाटो हुदै सोझै पुग्ने भएकाले बराह नगरपालिकालाई पनि सहकार्यकालागी पहल गर्ने क्लवका अध्यक्ष हर्षलाल चौधरीले बताए । अध्यक्ष चौधरीका अनुसार ३६ फिट चौडाई र अग्लो २२ फिटको रहने प्रवेसद्धारमाथी आकर्षक रामधुनी मन्दिर बनाई राम,लक्ष्मण सिताको मुर्ति राख्न सकिने बताए ।

पर्यटन आकर्षणको उधेश्य लिएर बनाउन लागेको प्रवेसद्धार रामधुनीको गहनाको रुपमा स्थपित हुने नगर प्रमुख चौधरीले बताए । रामधुनी नगर बिकासको क्रम्मा रहेकाले प्रवेद्धार निर्माण पनि बिकासकै रुपरहेकाले यसलाई सबै पक्षबाट संरक्षणभए पर्यटन बिकासमा टेवापुग्ने भन्दै समयमा निर्माण सम्पन्नकालागी नगरपालिकाबाट आवश्यक सहयोग रहने नगर प्रमुख चौधरीले प्रतिबद्धता गरेका हुन् ।

सो शिल्यानास कार्यक्रममा झुम्का उधोग बाणिज्य संघका प्रथम उपाध्यक्ष सुजित राय,लान्यस क्लवका पुर्व अध्यक्ष डिल्ली कार्की, जेष्ठनागरीक रुद्र प्रसाद पोखरेलले मन्तब्य राखदै प्रवेसद्धार रामधुनीको पहिचान गराउने धारणा ब्यक्त गरे ।

No automatic alt text available.
      

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen