सुनिल चौधरी
झुम्का,बैशाख १९ । समाजमा बिकृतिको रुपमा रहेको बालविवाह र बालश्रमलाई बिध्यार्थिबाटै जनचेतना जगाई न्युनिकरण गर्नकालागी रामधुनीका सामुदायीक बिध्यालयहरुमा नाटक प्रदर्शन गरीएको छ । रामधुनी वडा नं. ६ वडा कार्यालयको सहयोगमा नेपाल बालसंरक्षण सम्बद्र्धन उपसमिति बक्लौरीले बालविवाह र बालश्रम बिरुद्ध अभियान चलाउदै बक्लौरीका तिन ओटा बिध्यालयमा नाटक प्रस्तुत गरेका हुन् ।

बालविवाह र बालश्रमले निम्तिन सक्ने समस्यहरुको बारे नाटकमा समावेसगरी बिध्यार्थि बालबालिका माझ प्रस्तुत गरेएको नाटक निर्दैैशक तथा नाटकका पात्र जानकी चौधरीले बताईन् । बिशेषगरी उमेर नपुगी गरेको बिवाहले केटा र केटी दुवैलाई समस्याहुने कारणहरुमा केटालाई घरब्यवहार चलाउन कठिनाई हुने,परिवारमा कलह उत्पन्न हुने त्यसैगरी महिलामा सानै उमेरमा भएको गर्भवतीले आमा र बच्चा दुवैको मृत्युको कारण बन्न सक्ने समस्याहरु देखाउदै नाटक प्रस्तुत गरेको निर्दैैशक चौधरीले जानकारी दिएकी हुन् ।

नाटकले बिध्यार्थिहरुमा परिवर्तन ल्याउन सक्ने सह निर्दैशक लक्ष्मी प्रसाद भट्टराईले बताएका छन् । नाटक हेरीसकेपछि उनीहरुले अभिभावकहरुमा यो कुरा राख्न सक्ने र आफुपनि सचेत हुन सके समाजबाट यस्ता बिकृति कुसंस्कारहरु हटेरजाने भट्टराईले बताए । नाटक बक्लौरीका आदर्श माबि,सरस्वती प्राबि,पञ्चायत आधारभुत बिध्यालयमा प्रस्तुत गरीएको संयोजक श्यामनारायण राजधामिले बताए ।

समाजलाई नै बदनाम गराउने खालका यस्ता बिकृतिहरु जरा देखिनै फाल्न सके गाउँ नगर समृद हुनसक्ने बताउदै वडा अध्यक्ष हेमनारायण राजधामिले भने नाटकबाट बिशेष बिध्यार्थिहरुमा ध्यानकेन्द्रित हुने भएकाले वडाबाट यसकिसिमको जनचेतना जगाउन सहयोग गरेको बताए ।

Image may contain: 2 people, people standing and outdoor
 

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen