सुनिल चौधरी
झुम्का,बैशाख १९ । महिलाहरुमा नेतृत्व क्षमता अभिबृद्धि गर्दै महिला शसक्तिकरणकालागी थारु महिला उत्थान समाज रामधुनीले गरेको तिन दिने नेतृत्व बिकास तालिम सम्पन्न भएको छ । रामधुनी वडा नं. १ को सहयोगमा गरेको सो तालिममा नेतृत्वको बारे,महिला अधिकार,भुमिका,मन्तब्य दिन सक्ने कला,उद्धघोषण र स्वास्थय सम्बन्धि जानकारी गराएका थिए ।
समापनमा प्रमुख अतिथी वडा अधयक्ष महेश चौधरीले तालिममा सहभागी सबैलाई प्रमाणपत्र हस्तान्तरण गर्दै यस तालिमले महिलाहरुमा नेतृत्व क्षमताको बिकास भएको बताउँदै अब समाजका हरेक गतिविधिमा महिलाहरुको सक्रिय सहभागिता हुने बताएका थिए ।
तालिम समापन गर्दै उत्थान समाजकी अध्यक्ष सिता चौधरीले राज्यले अधिकार दिएपनि गाउँघरका महिलाहरुमा चेतनाको अभावले अवसरलाई खोजी कार्य गर्न नसकेकाले महिलाहरु जहाको त्यही रहीरहेकाले यस नेतृत्व तालिमले उनीहरुमा बाध्यात्मक बनाई अगाडि बढ्न सक्ने प्रेरणा पाएको बताईन् । आफनो समस्या आफैले राख्न नसक्ने, डराउने,महिलाहरुमाथी हिंसा भएपनि गुपचुप राख्ने, सभा सम्मेलनमा बोल्न लजाउने गरेका कारण महिलाहरुमा बिभेद अपराध जन्य घटनाहरु झन बढिरहेकाले यसतालिमले उनीहरुमा चेतना ल्याई जागरुक भएकोे अध्यक्ष चौधरीले बिश्वास लिएकी छन् ।
तालिममा अभिनारायण भट्टराई,झुम्का स्वाथ्य चौकी ईन्चार्ज प्रशुराम साह,महिला तथा बालबालिका रामधुनी शाखा प्रमुख मोनाश्री आचार्यले सहजीकरण गरेका थिए ।