सुनिल चौधरी
झुम्का,बैशाख १८ । थारु कानुन ब्यवसायी सभा केन्द्रिय कार्यसमितिले गरेको राष्ट्रिय सम्मेलनबाट १० बुद्धे घोषणा पत्रजारी गर्दै सम्मपन्न भएको छ ।

बाघखोर आमलटारी नवलपुर थारु होमस्टेमा गरीएको दुईदिनको छलफल पछि थारु कानुन ब्यबसायीहरुको पेशागत दक्षता अभिबृद्धि,समानुपातिक समावेसिको सिद्धान्त,प्रभावसाली थारु आयोगको गठन,कैलाली टिकापुर घटना छानबिन गरेको वास्तविक तथ्य सार्वजानिकरण र मुद्धाको छिनोफनो,समाजिक बिकृति र आई एल ओ १६९ लाई कार्यान्ब्यको माग गर्दै सम्पन्न भएको अध्यक्ष रामराज चौधरीले जानकारी दिएका छन् ।

घोषणा पत्रमा के के बुद्धाहरु उल्लेख छन् ः
१) नेपाल देशभरी रहेका सम्पुर्ण थारु कानुन ब्यवसायहरुको पेशागत ब्यवसायीक दक्षता अबिृद्धि गर्ने गराउने ।
२) सम्पुर्ण थारु कानुन ब्यवसायहरुलाई आगामी सम्मेलनमा बृहतर उपस्थितीकालागी आवहान गर्न गराउने ।
३) राज्यका सम्पुर्ण निकायमा नेपालको संबिधान २०७२ को धारा ४२ बमोजिम समानुपातिक समावेसिताको सिद्धान्त र रिट निवेदक अधिवक्ता श्री शानित मोदीको रिट २०७३ डब्लु ओ ०२७३ को परमादेश मुद्धामा श्री सर्वोच्च अदालतबाट मिति २०७४।०७।१५ गते जारी भएको आदेश अनुसार थारु समुदायबाट ७ प्रतिशत आरक्षणको ब्यवस्थालाई प्रभावकारी रुपमा कार्यन्वयन गर्न गराउन माग गर्ने ।
४) आगामी २०७५ साल भाद्र १ गतेबाट लागु हुन गईरहेको देवानी तथा फौजदारी संहिताको सम्बन्धमा सम्पुर्ण थारु कानुन ब्यवसायीहरुको उचित प्रशिक्षणको ब्यवस्था मिलाउने ।
५) नेपालको संबिधान २०७२ अनुसार गठन गर्नु पर्ने थारु आयोगको अवधारणालाई साकार पार्न यथा सिघ्र अधिकार सम्पन्न प्रभावसाली थारु आयोग गठन गर्न नेपाल सरकार संग जोडदार माग गर्दछ ।
६)न्यायपालिका भित्र बिगतमा घटना परिघटनालाई हृदयंग गर्दै स्तन्त्र , निश्पक्ष र बिवाद रहित सक्षम न्यायपालिकाको अवधारणालाई साकार पार्न प्रभावकारी भुमिका निर्वाह गर्न गराउन नेपाल वार एशोसिएन संग जोडदार माग गर्ने ।
७) मिति २०७२ ।०५।०७ र०८ गते टिकापुरमा अप्रत्यासित रुपमा घट्न गएको घटनाको सम्बन्धमा छानबिन गर्नकोलागी नेपाल सरकारबाट श्री सर्वोच्च अदालतका पुर्व माननिय न्यायधिस श्री गिरीशचन्द्रलाल दासको अध्यक्षतामा गठित उच्च स्तरीय छानबिन आयोगले नेपाल सरकारलाई बुझाएको प्रतिवेदनलाई यथा सिघ्र मागर्न गराउन नेपाल सरकार संग जोडदार मागर्ने ।
८) २०७२ ।०५।०७ गते टिकापुर कैलाली घटनाको सम्बन्धमा हाल न्यायीक परिक्षण रहेको मुद्धा सुनुवाईमा भईरहेको अनावश्यक बिलम्ब र २०७२ ।०५।०८ गते थारुहरुको घरमा लुटपात र आगजनी गरी भएको प्रत्याक्राण घटनाको सम्बन्धमा हाल सम्म कुनै अनुसन्धान र कार्यवाही नगरेको नेपाल सरकारको कार्य प्रति दुख ब्यक्त गर्दै मुद्धाको कार्यवाही प्रकृया यथा सिघ्र किनारा लगाउन माग गर्ने ।
९) थारु कानुन ब्यवसायीहरुले सामाजिक उतरदायीत्वपनि बहन गर्नु पर्ने सामाजिक अभियान्ता भएकोले हाम्रो थारु समुदाय भित्रक रहेको अशिक्षा,बेरोजगारी,रुढिवादी परम्परा,अन्धबिश्वासबाट उनमुक्त गर्न गराउन सामाजिक सुधार अभियान प्रतिबद्धता जाहेर गरेको ।
१० ) आदिवासी जनजातीहरुको हकहितका सम्बन्धमा आई एल ओ १६९ ले ब्यवस्था गरेको अन्तराष्टिय सन्धि सम्झौतालाई नेपाल सरकारले अनुमोदन गरेपनि हाल सम्म कार्यान्वयन नगरेकाले यथासक्य छिटो प्रभावकारी कार्यान्वयन गर्न नेपाल सरकारलाई ध्यानआकर्षण गराउने ।

देशभरी रहेका थारु कानुन ब्यवसायलाई एक आपसमा सौहार्द र मैत्रि पुर्ण सम्बन्ध कायम गर्दै पेसागत हकहितमा समयानुकुल सुधारगरी पेशाप्रति पुर्ण वफादार रहेर थारु हकहितकालागी कामगर्ने उधेश्य सहित प्रतिबद्धता जनाउदै १० बुद्धे घोषणापत्र जारी गरेको हो ।

Image may contain: 4 people, including Ramraj Chaudhary, indoor
Image may contain: text

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen