सुनिल चौधरी
झुम्का,बैशाख १७ । महिला शसक्तिकरणकालागी रामधुनी नगरमा महिलाहरुलाई नेतृत्व बिकास गर्न थारु महिला उत्थान समाजले ३ दिने तालिमको आयोजना गरेको छ । महिला हिंसाका घटना बृद्धि भईरहेकाले न्युनिकरणकालागीे वडा नं. १ को सहयोगमा बैशाख १७,१८ र १९ गते उत्थान समाजले अयोजना गर्नलागेको हो ।

तालिम उद्धघाटनका प्रमुख अतिथी तथा वडा अध्यक्ष महेश चौधरीले मन्तब्य राख्दै यस वडाले महिलाको सम्मान अधिकार स्थापितकालागी उनीहरुमा क्षमता बिकास गर्ने उधेश्यले यस किसिमका तालिमका योजनाहरु ल्याईरहेको बताए । महिला उत्थान समाजले सामाजिक रुपले पहिले देखिनै महिला जागरुकका कार्यहरु गर्दै आईरहेकोले वडाले समन्बयगरी तालिम सञ्चालन गरेको बताउदै तालिमबाट प्राप्त ज्ञानलाई परिवर्तनकारी ब्यवहारमा लगाउनु पर्ने सुझाव दिए ।

उत्थान समाजकी अध्यक्ष सिता चौधरीको अध्यक्षतामा भएको सो तालिममा कार्यक्रममा बोल्ने वक्ताहरुले महिलालाई आरक्षण मात्रै नभएर नेतृत्व बिकासमा पनि उत्तिकै जोड दिनुपर्ने बताएका थिए । तालिम उद्धघाटनमा वडा सदस्य पार्वती देवि सरदार,सहजकर्ता वडा सचिव अभिनारायण भट्टराईले मन्तब्य राखेका थिए । झुम्का स्वथ्य चौकीको सभाहलमा सञ्चालन भईरहेको सो तालिममा २५ जना महिलाहरुको सभागीता रहेको उत्थान समाजकी कोषाध्यक्ष आशा चौधरीले जानकारी दिईन् ।

Image may contain: 5 people, including Shita Tharuni and Mahesh Chaudhary, people smiling, people standing, people sitting and indoor
 

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen