सुनिल चौधरी
झुम्का,बैशाख १६ । खेलकुद क्षेत्र बिकासले राष्ट्रिय समृद हुन सक्ने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव बिष्टले भन्दै यस क्षेत्रलाई आकर्षणको रुपमा स्थापित गर्ने योजना रहेको बताउनु भयो । आफनो कार्यकालसम्म खेलकुद क्षेत्रलाई सम्मान गर्ने सिर्जनाको अवस्थामा पुर्यार्ई सबैको आकर्षणको क्षेत्र बनाउने योजना रहेको आईतवार रामधुनीमा नव निर्मित झुम्का कबर्डहललाई उद्धघाटन गर्दै सो कुरा बताउनु भएको हो ।

रामधुनी वडा नं. ३ पिप्राहा स्थित रहेको कबर्ड हललाई उद्धघाटन गर्दै खेलकुदले बिश्वमा परिचित हुने अवसर दिने भएकोले यो क्षेत्र बिकास भए राष्ट्रिय समृद बन्न सक्ने बिष्टले बताउनु भयो । यसकालागी अबको पाँच बर्षमा खेलकुदलाई गाउँ नगर स्तरबाटै बिकास गर्दै लाने प्रतिबद्धता जनाउदै खेलकुदकर्मीहरुलाई राष्ट्रिय निर्माणमा लाग्नु पर्ने बताउनु भयो । राज्यलाई अर्थिक,समाजिक,अस्थिरताका साथै अन्तराष्ट्रिय सम्मछुट्टै पहिचानको खाचो औल्याउदै सबै खेलाडिहरु राष्ट्रिय निर्माणमा लाग्नु पर्ने उहाँले बताउनु भयो ।

खेलाडिहरुलाई निरास हुनु पर्ने अवस्था अब नरहेकोे भन्दै बिष्टले हौसला प्रदान गर्नु भएको छ । यस क्षेत्रमा लागेकालाई खेलजिवन पछि पेन्सनको ब्यवस्था गर्ने,बिमा,भक्ता बृद्धि लगायतका सेवा सुबिधाहरु दिने बिष्टले बताउनु भयो ।

त्यसैगरी खेलबाटै रामधुनी नगरपालिकाको परिचय भएको बिष्टले बताउदै रामधुनी नगर पबित्र धार्मिक स्थलका साथै खेलमैत्रि नगर बन्नु पर्ने धारणा राख्नु भयो । झुम्का कबर्डहल दुई उपलब्धि सहितको प्रयोगमा आउनु पर्ने बिष्टले सुझाव दिनु भएको छ । स्वस्थ्यकालागी र खेलाडी उत्पादनमा प्रयोग हुनुपर्ने सुझाव दिनु भएको हो । यसलार्ई मिनि स्टुडियोको रुपमा स्तरउन्नती गर्न परिषदबाट रकम बिनियोजित भईसकेको बताउदै तत्कालै एड्जस्ट फ्यानहरु जडान गर्नु पर्ने सुझाव दिनु भयो ।

झुम्का ब्याडमिन्टन क्लवको आयोजनामा सो हलमा आईतवारबाट प्रदेश स्तरीय ब्याड मिन्टन प्रतियोगीता सुरु भएको छ । क्लवका अध्यक्ष जगननाथ भण्डारीको सभापत्विमा भएको सो उद्धघाटन कार्यक्रममा नगर प्रमुख जयप्रकास चौधरी,उपमेयर सबिना चौधरी,वडा अध्यक्षहरु महेश चौधरी,राजकुमार चौधरी,डेगराज फुयाल,घनश्याम चौधरी लगायतका अतिहरुको उपस्थिती रहेको थियो ।

प्रतियोगीतामा समुह ए,बी,भेट्रान र खुल्लागरी ७५ समुहले सहभागी भएको प्रतियोगीता संयोजक पुष्प कार्कीले बताउनु भयो । प्रंतियोगीतामा प्रथम हुनेलाई प्रमाणपत्र र शिल्ड सहित नगद रु ५० हजार,दोस्रोलाई रु ३० हजार,तेस्रो र सान्तवनालाई रु १० –१० हजार पुरस्कार राशि रहेको आयोजकले जानकारी दिएको छ ।

Image may contain: 2 people, people standing
   
   

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen