सुनिल चौधरी
झुम्का,बैशाख १५ । ईटहरी वडा नं. १५ को थारु महिला सभा वडा कार्यसमितिले मुढा बुनाई तालिम सुरु गरेको छ । थामस जिल्लाका कार्य समितिको अध्यक्ष सुसिला चौधरीको प्रमुख आतिथ्यतामा उद्धघाटन हुदै सुक्रवारबाट सात दिने बाँसको मुढा बनाउने तालिम सुरु भएको हो ।
ग्रामिण भेगका महिलाहरुमा आयआर्जन गर्न सक्ने खालको सिप बिकासको क्षमता अभिबृद्धिकालागी मुढा बुनाई तालिम ईटहरी उपमहानगरपालिको सहयोगमा सञ्चालन गरेकोे ईटहरी नगर सभाकी सचिव लक्ष्मी चौधरीले जानकारी दिएकी छन् । सात दिन तालिमकालागी मेघराज रेग्मीले सहजीकरण गरीरहेका छन् । बैशाख १४ गते देखि २० गते सम्म सञ्चालन हुने सो तालिममा १६ जना महिलाहरुको सहभागीता रहेको आयोजकले जानकारी दिएको छ ।
तालिमलाई उद्धघाटन गर्दै सभा जिल्ला अध्यक्ष सुसिला चौधरीले मन्तब्य दिदै सिप,ज्ञान आफैमा उपलब्धि मुलक हो भन्दै यसबाट ब्यक्ति,समुदाय समाज,नगर,समृद्ध बन्न सक्ने भन्दै सबै महिलाहरुले यस तालिमबाट अधित्तम फाईदालिन सहभागीहरुलाई सुझाव दिईन् । तालिम लिएर मात्रै हुदैन यसबाट सिकेका कुराहरुलाई ब्यवहारमा उतारे फाईदा लिन सकिने कार्यक्रममा सहभागी भएकी जिल्ला सचिव सुसिला लेखीले बताईन् ।
वडा समिति अध्यक्ष बिरेन्द्र चौधरीको सभापतित्वमा भएको सो उद्धघाटन कार्यक्रममा वडा नं. १५ र १६ का संयुक्त वडा कार्यलयका सचिव गोपाल चौधरी,ईटहरी नगर सभा अध्यक्ष सुनिता चौधरी,वडा नं. १५ का आदिवासि जनजाती महासंघ वडा अध्यक्ष राजनारायण चौधरी लगायका अतिथीहरुको उपस्थिती रहेको थियो ।