सुनिल चौधरी
झुम्का,बैशाख १३ । घरपरिवारका सदस्यहरुमा सुख शान्ति,बालबच्चाको सुस्वास्थ्यको कामना,आर्थिकलाभ लगायतका मनोकामना राखेर भाकल चढाउदै बिहिवार डाकिन थान मन्दिरमा सिरुवामेला लागेको छ । रामधुनी वडा नं. ५ स्थित बनिगाउँ हसनपुरमा रहेको डाकिन थानमा धार्मिक आस्थाले प्रत्येक साल बैशाख १३ गते सिरुवा मेला लाग्ने गरेको छ ।

मेलाकादिन स्वच्छ मनभावले ईच्छा गरी डाकिन मातालाई ढोगगरी प्रार्थना गर्ने भक्तालुको मनोकामना सफल हुने बिशवासले मेलाकादिन बोका,परेवा,पानसुपारी,फुलघोडा चढ्ने गरेको स्थानिय पशुपति बस्नेतले बताए । पहिले देखिनै थारु समुदायहरु यहा धार्मिक मान्यतले बिधिपुर्वक पुजाँ पाठ गर्दै आएको बस्नेतले भने शक्ति र भक्तिले मनको ईच्छा पुराहुने बिश्वासले हालमा सबै बर्ग समुदायले यस थानमा पुजा गर्न थालेको उन्ले बताए ।

 

डाकिन माताको बहिनी साकिनलाई पनि पुजा गर्ने गरेको रेखदेख गर्दै आएका धामि रक्सु चौधरीले बताए । मन्दिर भित्र डाकिनलाई पुजा गर्ने चलन रहेको छ भने बाहिर बहिनी साकिनलाई पुजा गर्ने गरेको धामि चौधरीले बताए । त्यस स्थानमा पचास बर्ष पुरानो पिपलको रुखमा समेत पुजा गर्दै आएको छ ।

 

थानमा स्थानियहरुले मात्रै हैन, टाढा –टाढा बाट पनि भाकल वा पुजा गर्न डाकिन थानलाई खोज्दै आउने गरेको वडा नं. ५ का वडा सदस्य नरेश फुयालले बताए । पहिले टिनको सानो टहरा जस्तो रहेको थान स्तरउन्नती गर्दै मन्दिर जस्तै पक्की घर बनाएर संरक्षण गरेको वडासदस्य फुयालले बताए । यस अतिरिक्त थानलाई संरक्षण गर्नकालागी चढेको दान दक्षिणा,स्थानियहरुको सहयोग र वडा कार्यालयबाट आर्थिक रकम छुटयाएर संरक्षणमा लागेको वडा अध्यक्ष डेगराज फुयालले बताए । वडा कार्यालयबाट ५० हजार रकम र जनश्रमदा,तथा दाताहरुको सहयोगले त्याहा धर्मसालाको पनि निर्माण गरिसकेको र यस थानलाई संरक्षणकालागी सदैव कटिबद्धताका साथ पहल गरीरहने वडा अध्यक्ष फुयालले बताए ।

 

मन्दिरको चर्चेको जग्गा करिब १८ धुर रहेको छ । यसलाई मन्दिरकै नाममा दर्ता भने भएको छैन् । पृतमलाल चौधरी डाकीन थान संरक्षण समितिका अध्यक्ष हुन् । डाकिन थानलाई दिर्घकालिन संरक्षण सोच लिएर अगाडि बढ्नु पर्ने धार्मिक अगुवाहरुले बताउछन् । थान रहेको जग्गा स्वयम मन्दिरको नाममा दर्ता नभए संरक्षणमा समस्याहुने बताएका छन् । धेरैबर्ष देखि धार्मिक आस्थाले मान्दै आएका ग्रामथानहरु ऐलानी जग्गामा रहेकोहुदा जग्गा नाममा दर्ता नभए सम्म संरक्षण हुन नसक्ने जानकारहरुले बताउछन् । धेरै ग्रामथानहरु भुमाफियाहरुको चपेटामा परेर बिस्थापितको अवस्थाले समस्या भईरहेको जानकारहरुले बताउछन् । त्यसैले डाकिन थानलाई दिर्घकालिन संरक्षण हेतु त्याहाका समिति अगुवाहरुले यस बिषयमा ध्यानकेन्द्रित हुनु जरुरीरहेको धार्मिक अगुवाहरुले बताउछन् ।

Image may contain: one or more people, tree and outdoor
Image may contain: outdoor
Image may contain: one or more people and outdoor

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen